+
+

रासमसको २ गोलमा म्यानचेष्टर युनाइटेड विजयी

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन ७ गते ८:५३

७ फागुन,  काठमाडौं । रासमस होएलण्डको दुई गोल मद्दतमा म्यानचेष्टर युनाइटेडले प्रिमियर लिगमा लुटनज टाउनलाई २-१ ले पराजित गरेको छ ।

लुटनको मैदानमा भएको खेलमा रासमसले सुरुवाती सात मिनेट भित्रै दुई गोल गरेका थिए । पहिलो मिनेटमै गोल गरेका रासमसले सातौँ मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै युनाइटेडलाई २-० को अग्रता दिलाएका थिए ।

१४औं मिनेटमा चार्ल्टन मोरिसले लुटनका लागि गोल गर्दै खेलमा गोल अन्तर घटाएका थिए । तर त्यसपछि भने दुवै टोलीले गोल गर्न सकेनन् ।

जितपछि युनाइटेड २५ खेलबाट ४४ अंकसहित छैटौं स्थानमै छ । लुटन २४ खेलबाट २० अंकसहित १७औं स्थानमा छ ।

लिगकै अर्को खेलमा ब्राइटनले शेफिल्ड युनाइटेडलाई ५-० ले हरायो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?