+
+

फोडेनको २ गोलमा सिटीले युनाइटेडलाई हरायो

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन २१ गते ८:३६

२१ फागुन, काठमाडौं । फिल फोडेनको दुई गोल मद्दतमा प्रिमियर लिगको म्यानचेष्टर डर्बीमा सिटीले युनाइटेडलाई ३-१ ले पराजित गरेको छ ।

इतिहाड स्टेडियममा भएको खेलमा युनाइटेडले सुरुवाती अग्रता लिए पनि जोगाउन सकेन भने सिटीले घरेलु मैदानमा पुनारगमन गर्दै जित निकालेको हो ।

खेलको आठौं मिनेटमै मार्कुस रासफोर्डले गोल गर्दै युनाइटेडलाई अग्रता दिलाएका थिए । पहिलो हाफमा युनाइटेडअघि रह्यो । तर दोस्रो हाफमा सिटीले तीन गोल फर्कायो ।

५६औं मिनेटमा फोडेनले सिटीका लागि बराबरी गोल फर्काए । फोडेनले नै ८०औं मिनेटमा गोल गर्दै सिटीलाई पहिलो पटक अग्रता दिलाए । इन्जुरी टाइममा एर्लिङ हालान्डले गोल गर्दै सिटीको जित सुनिश्चित पारे ।

जितपछि दोस्रो स्थनानको सिटीको २७ खेलबाट ६२ अंक भएको र शीर्ष स्थानको लिभरपुललाई टक्कर दिइरहेको छ ।

समान खेलबाट लिभरपुलको ६३ अंक छ ।

युनाइटेड २७ खेलबाट ४४ अंकसहित छैटौं स्थानमा छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?