+
+

लिभरपुल शीर्ष स्थानमा, युनाइटेडको पुनरागमन जित

अनलाइनखबर अनलाइनखबर
२०८० पुष ११ गते ८:१६

११ पुस, काठमाडौं । बर्नलीलाई २-० ले पराजित गर्दै लिभरपुल प्रिमियर लिगको शीर्ष स्थानमा उक्लेको छ ।

मंगलबार राति बर्नलीको मैदानमा भएको खेलमा लिभपुरका लागि डार्विन नुनेजले छैटौं मिनेटमै गोलगर्दै अग्रता दिलाएका थिए । यस्तै डिएगो जोटाले ९०औं मिनेटमा गोल गरे । हार्भे एलिओटले ५५औं मिनेटमा गोल गरे पनि भिएआरले मान्यता दिएन ।

जितपछि लिभरपुलले १९ खेलबाट ४२ अंक जोड्दै शीर्ष स्थानमा उक्लेको हो । लिभरपुलले एक खेलेको आर्सनललाई २ अंकले पछि पारेको छ ।

रेलिगेसन जोनमा संघर्षरत बर्नली १९ खेलबाट ११ अंकसहित १९औं स्थानमा छ ।

यस्तै अर्को खेलमा म्यानचेष्टर युनाइटेडले सानदार पुनरागमनसहित एस्टन भिल्लालाई ३-२ ले पराजित गरेको छ ।

पहिलो हाफमै दुई गोलले पछि परेको युनाइटेडले दोस्रो हाफमा तीन गोल गर्दै खेल जितेको हो ।

एस्टन भिल्लाका लागि जोन म्याकगिनले २१औं र लिओ डेनडोनकरले २६औं मिनेटमा गोल गर्दै २-० को अग्रता दिलाएका थिए ।

तर दोस्रो हाफमा उसले अग्रता कायम राख्न सकेन ।

युनाइटेडका अलेजान्द्र गार्नाचोले ५९औं र ७१औं मिनेटमा गोल गर्दै खेल २-२ को बराबरीमा ल्याए ।

त्यसपछि रासमस होलन्डले ८२औं मिनेटमा गोल गर्दै युनाइटेडलाई जित दिलाए ।

जितपछि युनाइटेड १९ खेलबाट ३१ अंक जोडेर छैटौं स्थानमा उक्लेको छ । पराजित भिल्ला भने १९ खेलबाट ३९ अंकसहित तेस्रो स्थानमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?