+
+

लिभरपुल शीर्ष स्थानमा फर्कियो, युनाइटेडमाथि चेल्सीको नाटकीय जित

अनलाइनखबर अनलाइनखबर
२०८० चैत २३ गते ७:४६

२३ चैत, काठमाडौं । शेफिल्ड युनाइटेडलाई ३-१ ले पराजित गर्दै लिभरपुल प्रिमियर लिगको शीर्ष स्थानमा फर्किएको छ ।

घरेलु मैदान एनफिल्डमा भएको खेलमा लिभरपुलका लागि डार्विन नुनेजले १७औं मिनेटमा गोल गरी अग्रता दिलाएका थिए । ५८औं मिनेटमा लिभरपुलकै कोनोर ब्राडलीले आत्मघाती गोल गर्दा शेफिल्ड युनाइटेडले बराबरी गरेको थियो । तर एलेक्स म्याक एलिस्टरले ७६औं र कोडी गाक्पोले ९०औं मिनेटमा गोल गरेपछि लिभरपुलले जित हात पारेको हो ।

जितपछि ३० खेलबाट ७० अंक जोडेर लिभरपुल शीर्ष स्थानमा छ । लिभरपुलले आर्सनललाई २ र म्यानचेष्टर सिटीलाई ३ अंकले पछि पारेको छ । समान खेलबाट आर्सनलको ६८ र सिटीको ६७ अंक छ ।

यस्तै अर्को खेलमा कोल पाल्मरले इन्जुरी टाइममा दुई गोल गर्दै ह्याट्रिक पूरा गरेपछि चेल्सीले म्यानचेष्टर युनाइटेडमाथि ४-३ को नाटकीय जित हात पारेको छ ।

निर्धारित ९० मिनेटमा युनाइटेड ३-२ ले अघि रहँदै जित नजिक पुगेको थियो । तर इन्जुरी टाइमको दशौँ र ११औं मिनेटा पाल्मरले गोल गर्दै चेल्सीलाई जित दिलाएका हुन् ।

त्यसअघि घरेलु मैदान स्टानफोर्ड ब्रिजमा कोनोर गालाघरले चौथो र कोल पाल्मरले १९औं मिनेटमा गोल गर्द चेल्सीलाई सुरुमै २-० को अग्रता दिलाएका थिए ।

तर अलेजान्द्र गार्नाचोले ३४औं र बर्नार्डो फर्नान्डेजले ३९औं मिनेटमा गोल गरेपछि युनाइटेडले पहिलो हाफमै खेल बराबरी गरेको थियो । ६७औं मिनेटमा गार्नाचोले नै व्यक्तिगत दोस्रो गोल गरेपछि ३-२ को अग्रता बनाउँदै युनाइटेड जित नजिक पुगेको थियो । तर अन्तिम समयमा सम्हालिन नसक्दा ३ अंक गुमायो ।

जितपछि २९ खेलबाट ४३ अंक जोड्दै चेल्सी दशौँ स्थानमा उक्लेको छ । ३० खेलबाट ४८ अंक रहेको युनाइटेड छैटौं स्थानमै कायम छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?