+

आर्सनल शीर्ष स्थानमा फर्कियो

२०८१ वैशाख  ९ गते ७:४७ २०८१ वैशाख ९ गते ७:४७
आर्सनल शीर्ष स्थानमा फर्कियो

९ वैशाख, काठमाडौं । वल्भ्सलाई २-० ले पराजित गर्दै आर्सनल प्रिमियर लिगको शीर्ष स्थानमा उक्लिएको छ ।

आर्सनलको जितमा लियोन्ड्रो ट्रोसार्डले ५४औं र कप्तान मार्टिन ओडेगार्डले इन्जुरी टाइमको पाँचौ मिनेटमा गोल गरे ।

जितपछि ३३ खेलबाट ७४ अंक जोडेर आर्सनल शीर्ष स्थानमा उक्लेको छ ।

अघिल्लो साता एस्टन भिल्लासँग पराजित भएपछि आर्सनलले शीर्ष स्थानमा पुग्ने मौका गुमाएको थियो । जसको फाइला म्यानचेष्टर सिटीले उठाएको थियो ।

एक खेल कम खेलेको सिटी ७३ अंक सहित दोस्रोमा छ ।

प्रिमियर लिग

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय