+
+

७ गोलको थ्रिलरमा लिभरपुललाई हराउँदै युनाइटेड एफए कपको सेमिफाइनलमा

अनलाइनखबर अनलाइनखबर
२०८० चैत ५ गते ८:०४

५ चैत, काठमाडौं । म्यानचेष्टर युनाइटेडले लिभरपुललाई अतिरिक्त समयमा ४-३ ले पराजित गर्दै एफए कपको सेमिफाइनलमा प्रवेश गरेको छ ।

निकै प्रतिस्पर्धात्मक खेलमा अमाद डियालोले अतिरिक्त समयमको अन्तिममा गोल गर्दै युनाइटेडलाई जित दिलाएका थिए ।

घरेलु मैदान ओल्ड ट्राफोर्डमा भएको खेलमा स्कट म्याकटोमिनेले १०औं मिनेटमा गोल गर्दै युनायटेडलाई अग्रता दिलाएका थिए । तर, म्याक एलिस्टरले ४४औं र मोहमद सालहाले पहिलो हाफको इन्जुरी टाइममा गोल गर्दै लिभरपुललाई २-१ को अग्रता दिलाए ।

पराजय नजिक पुगेको युनाइटेडका लागि एन्टोनीले ८७औं मिनेटमा गोल गर्दै खेल २-२ को बराबरीमा पुर्‍याए ।

निर्धारित समयमको खेल २-२ को बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो । १०५औं मिनेटमा हार्भे एलिओटले गोल गर्दै लिभरपुललाई ३-२ को अग्रता दिलाए । तर, ११२औं मिनेटमा युनाइटेडका मार्कुस रासफोर्डले गोल गरेपछि खेल ३-३ को रोमाञ्चक स्थितिमा पुग्‍यो ।

अन्तिम समयमा डियालोले गोल गर्दै युनाइटेडलाई ४-३ को जित दिलाउँदै सेमिफाइनल पुर्‍याए ।

त्यसअघि भएको खेलमा चेल्सीले लेस्टर सिटीलाई ४-२ ले पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएको छ । यसअघि नै म्यानचेष्टर सिटी र कोभेन्ट्री सिटीले अन्तिम चारमा स्थान बनाइसकेका छन् ।

अब अप्रिल २१ मा हुने सेमिफाइनलमा सिटी र र चेल्सी तथा युनाइटेड र कोभेन्ट्रीबीच खेल हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?