+
+

आशुतोषले हाने करिअरको पहिलो शतक

अनलाइनखबर अनलाइनखबर
२०८० माघ ५ गते ११:३१

५ माघ, काठमाडौं । वागमती प्रदेशका ओपनर आशुतोष घिरैयाले प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा कोशी प्रदेशविरुद्ध आफ्नो करिअरको पहिलो शतक हानेका छन् ।

घिरैयाले ९९ बलमा आफ्नो राष्ट्रिय स्तरको प्रतियोगितामा पहिलो शतक पूरा गरेका हुन् । कमल खत्रीको ३० औं ओभरको दोस्रो बलमा एज लागेर थर्डम्यानमा चौका हान्दै उनले शतक पूरा गरे ।

टियु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको वागमतीले उनको शतकको सहयोगमा ३० ओभरमा २ विकेट गुमाउँदै १ सय ७३ रन बनाएको छ । यो समाचार तयार पार्दासम्म आशुतोष १ सय ३ बलमा १५ चौका र २ छक्कासहित १ सय ११ रनमा क्रिजमा छन् ।

आशुतोषले शतक अघि महत्वपूर्ण जीवनदान पाएका थिए । चोभार एन्डबाट आएका कमल खत्रीको दशौं ओभरको दोस्रो बलमा फस्ट स्लिपमा सुजन थपलियाले ४१ रनमा उनको क्याच छाड्न पुगेका थिए । त्यो जीवनदानको भरपूर फाइदा उठाउँदै शतक पूरा गरे ।

आशुतोष यसअघि पहिलो खेलमा नेपाल पुलिस क्लबविरुद्ध ९२ रनमा आउट भएका थिए । त्यो नै यसअघि उनको राष्ट्रिय स्तरमा सबैभन्दा उच्च स्कोर थियो । पुलिससँगको खेलमा स्पिनर दीपेन्द्रसिंह ऐरीको अफ साइड बल कट खेल्ने धुनमा एज लागेर विकेटकिपर दीलिप नाथबाट क्याच आउट भएपछि करिअरको पहिलो शतक बनाउन चुकेका थिए ।

उनी वागमतीबाट पिएकपमा शतक हान्ने ज्ञानेन्द्र मल्लपछि दोस्रो खेलाडी बनेका छन् । यसअघि ज्ञानेन्द्रले वागतमीबाट २०१९ मा टियु मैदानमा एपीएफविरुद्ध १ सय १७ रनको शतकीय इनिङ खेलेका थिए ।
दोस्रो विकेटका लागि आशुतोष र कप्तान रित गौतमले १ सय ३१ रनको शतकीय साझेदारीका साथ विशाल योगफलको आधार तय गरेका छन् । अभ्यास तिमिशिनाका २९ औं ओभरको तेस्रो बलमा रित एज लागेर विकेटकिपर सोनु अन्सारीबाट ४९ रनमा क्याच आउट भए । उनले ६० बलमा ३ चौका प्रहार गरे ।

वागमतीलाई ओपनर ईशान पाण्डे र आशुतोषले ५.१ ओभरमा २८ रनको साझेदारी गर्दै मध्यम सुरुवात दिलाएका थिए । ईशान ६ रनमा कमलको बलमा मिडअनमा भुपाल लुईटेलबाट क्याच आउट भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?