+
+

योगेश वैद्यप्रति संगीतकर्मीको श्रद्धाञ्जली (तस्वीर)

अनलाइनखबर अनलाइनखबर
२०८० माघ ५ गते १२:०९

काठमाडौं । गायक तथा संगीतकार योगेश वैद्यलाई संगीतकर्मीले अन्तिम श्रद्धाञ्जली दिएका छन् । उनको पार्थिव शरीरलाई श्रद्धाञ्जलीका लागि नक्सालस्थित संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानमा राखिएको थियो ।

शवमा पुष्पगुच्छा अर्पण गर्दै संगीतकर्मीले नेपाली संगीतमा वैद्यले पुर्‍याएको योगदानको स्मरण गरे । वरिष्ठ संगीतकार शम्भुजीत बास्कोटा, संगीतकारहरु चेतन सापकोटा, बसन्त सापकोटा, महेश खड्का, मिलन मोक्तान लगायतले फूलमाला समर्पण गरेर वैद्यप्रति श्रद्धाञ्जली व्यक्त गरे । नेपाल संगीतकार संघले श्रद्धाञ्जली सभाको आयोजना गरेको थियो ।

७७ वर्षीय गायक तथा संगीतकार वैद्यको बिहीबार राति साढे १२ बजे काठमाडौंको सुन्धारास्थित भ्याली अस्पतालमा निधन हो । उनी लामो समयदेखि मधुमेह रोगबाट पीडित थिए ।

उनका ‘सपना भुलाई सारा’, ‘मेरो आँसुमा नहाँसे’, ‘नेपाल मेरो उपहार भो’ लगायत गीत लोकप्रिय छन् । उनले नेपाल भाषाका गीतसमेत गाएका छन् ।

वैद्यको आजै पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिने संगीतकार संघका अध्यक्ष चेतन सापकोटाले जानकारी दिए ।

तस्वीर सौजन्य : गोपकृष्ण चापागाई

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?