+
+

महन्थ ठाकुरको गुनासो : अदालतले पनि मधेसलाई न्याय दिएन

अनलाइनखबर अनलाइनखबर
२०८० माघ ५ गते १६:५२

५ माघ, काठमाडौं। लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का अध्यक्ष महन्थ ठाकुरले अदालतले पनि आफूहरुलाई न्याय नदिएको टिप्पणी गरेका छन् ।  अध्यक्ष ठाकुरले सरकारले मधेसमाथि विभेद जारी राखेको जिकिर गर्दै अदालतले पनि न्याय नदिएको गुनासो गरेका हुन् ।

शुक्रबार काठमाडौंमा आयोजित ‘संविधानको पूर्णता तथा संघीयताको अभ्यास’ विषयक विचार गोष्ठीमा बोल्दै उहाँले भाषाको सवाल, राष्ट्रिय पोशाकको सवालमा अदालतले पनि मधेसलाई साथ नदिएको बताए ।

उनले भने, ‘विभेद जारी छ । अदालतबाट पनि हामीले जुन न्याय पाउनुपर्ने हो, त्यो न्याय चाहे त्यो भाषाको कुरा हुँदाखेरी, ड्रेसको कुरा हुँदाखेरी व्यवहारमा हामीले यो सबै कुरा पाएका छौं। तर जहाँसम्म वैधानिकताको प्रश्न छ ।’

उनले सबैभन्दा बढी जनसंख्या भएको मधेस प्रदेशमा कम बजेट दिने काम समेत भएको भन्दै मधेसमाथि भएको विभेदको बिरुद्ध फेरि संघर्ष चर्काउनुपर्ने बेला आएको बताए ।

‘मधेस भएर पनि पूर्ण अधिकार उनीहरुले नपाएको कुरा यहाँहरुले सुनिहाल्नु भएको छ । यसको लागि हाम्रो संघर्ष अहिले पनि जारी छ । अहिले पनि हामी संघर्ष उत्रिनपर्ने अवस्था हुन्छ ।’ उनले भने ।

अध्यक्ष ठाकुरले समग्र मधेसवासीको प्रतिनिधित्व मधेस प्रदेशले मात्रै गर्न नसक्ने भएकाले उनीहरुको हितका लागि पनि आफूहरुले संघर्ष गर्नुपर्ने अवस्था रहेको तर्क गरे ।उनले बहुजातीय मुलुकमा कुनै खास पोशाकलाई राष्ट्रिय मान्यता दिनेकुरा उपयुक्त नहुने धारणा समेत राखे ।

उनले भने, ‘ कुनैपनि भाषा, संस्कृति जब हामी विविधताले भरिएको देश हो । कुनै खास भाषा, खास संस्कृति कुनै खास ड्रेसलाई नेशनल ड्रेसको रुपमा हेरियो भने अरु के हुन्छ त ? अरुको भाषा, अरुको संस्कृतिलाई के भन्ने त ? यो अवस्था अहिले पनि छँदैछ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?