+
+

नेपालमै एसेम्बल हुने बुलेट बाइकको नयाँ लुक्स ‘हन्टर’ (भिडियो एक्स्प्लेनर)

अनलाइनखबर अनलाइनखबर
२०८० माघ ७ गते १९:१०

काठमाडौं । पछिल्लो समय चर्चामा आइरहेको मोटरसाइकल हो– रोयल इनफिल्डको ‘हन्टर’ । रोयल इनफिल्डले बुलेटकै लुक्समा निर्माण गरेको हन्टर अहिले नेपालमै एसेम्बल भएर बजार आइरहेको छ ।

सुविधाजनक, स्टाइलिस र फेसनमा मोटरसाइक्लिङ अनुभव दिलाउन हन्टर सक्षम छ । यसको छोटो ह्विलबेस, हलुका तौल र स्तरीय बनोटले धेरैको ध्यान तान्छ । हन्टरको फ्रेममा पाङ्ग्राहरूको सुपर मेनुभरेबल सेटसहित हिप रेट्रो–मेट्रो एस्थेटिक र शक्तिशाली इन्जिन छ ।

अपग्रेडेड च्यासिसले यो बाइकलाई विल्कुल अलग प्रस्तुत गरेको छ । यसमा रहेको फ्युल इन्जेक्टेड, लामो स्ट्रोक ३५० सीसी जे–इन्जिनले सहज यात्रा, उच्च आरपीएम र टर्क प्रत्याभूत गर्छ ।

३ सय ५० सीसीको हन्टरमा डिस्प्लेसमेन्ट जे–इन्जिन सिरिजको नयाँ प्लेटफर्म दिइएको छ । ५ गियरबक्स इन्जिन भएको हन्टरले ४००० आरपीएममा २७ न्युटन मिटर टर्क र ६१०० आरपीएममा २०.२ पीएस पावर उत्पादन गर्छ ।

विभिन्न विशेषता र सुविधाका कारण सडकमा यसले अविश्वसनीय सहज अनुभव दिन्छ । स्थिर डाउनट्युब स्पाइन फ्रेम र ग्राउन्डेड सस्पेन्सनसँग जोडिएको हन्टर ३५० ले सन्तुलित यात्राको चाहाना पूरा गर्न सघाउँछ । शहरदेखि राजमार्गसम्मको यात्रामा यो उत्कृष्ट सहयात्री बन्ने कम्पनीको दाबी छ ।

हन्टर ३५० उत्पादनमा सुपर मेनुभरेबल ४३१.८ एमएम (१७ इन्च) अगाडि र पछाडिका टायर छन्, जसमा स्ट्राइकिङ कास्ट एलोय ह्विल छन् । ट्युबलेस टायरले लामो समयसम्म निर्वाध सेवा दिन सक्छन् । ७९० एमएम सिट उचाइको हन्टर ह्यान्डलिङ सजिलो हुँदा आरामदायी सवारी अनुभवका लागि यो उत्कृष्ट छ ।

हन्टरमा १३ लिटरको फ्युल ट्यांक छ । अफरोडका लागि पनि उपयुक्त हुने हन्टरमा १ सय ५० मिलिमिटरको ग्राउन्ड क्लियरेन्स रहेको कम्पनीका प्रतिनिधि अनुज मल्लले बताए ।

अहिले हन्टर फ्याक्ट्री, ड्यापर र रेभल गरी तीन भेरिएन्टमा उपलब्ध छ । फ्याक्ट्री भेरिएन्ट पकेटमैत्री छ । यसको मूल्य ४ लाख ५९ हजार रुपैयाँ छ । ड्यापर सिरिजको मूल्य ४ लाख ७५ हजार र रेभल सिरिजको हन्टरको मूल्य ४ लाख ७९ हजार रुपैयाँ पर्छ ।

फ्याक्टी सिरिजलाई रेट्रो पनि भनिन्छ । ड्यापर र रेभेललाई मेट्रो पनि भनिन्छ । रेट्रोमा पुरानो मोडेलको अनुभूति पाइन्छ भने मेट्रोमा आधुनिक र परिवर्तित फिल पाउन सकिन्छ ।

हन्टरका अगाडि र पछाडि दुवैतर्फ ७०–७० एमएम को टायर आउँछ । उत्रै साइजको टायरले सानो ठाउँ, सानो मोड, गल्लीमा सजिलै कन्ट्रोल र ब्यालेन्स गर्न सकिन्छ । हन्टरमा डबल डिस्क ब्रेक छ । अगाडि ३ सय एमएम र पछाडि २ सय ७० एमएमको डिस्क ब्रेक छ ।

यो आधुनिक समयको सवारीका रूपमा परिभाषित छ, हन्टरले डिजिटल एलसीडी स्क्रिनसाथ रेट्रो–शैलीको स्पिडोमिटर सुविधा छ । जसले चालकका लागि विभिन्न सूचना दिन्छ ।

अहिले हन्टरको क्लस्टर पनि अपडेट भएर आकर्षक लुक्समा आएको छ । यसमा डिजिटल क्लस्टर छ, यसमा गियर इन्डिकेटर, टाइम, सर्भिस, इकोमिटर, स्पिड, ट्रिपलगायत सूचना दिन्छन् । मोटरसाइकलमा यूएसबी टाइप सी चार्जिङ पोर्ट सुविधा पनि छ ।

हन्टर फ्याक्ट्री सिरिज सिल्भर र ब्ल्याक कलरमा उपलब्ध छन् । ड्यापर सिरिज ह्वाइट, एस्ड र ग्रे कलरमा आउँछ । रेभेल सिरिजको हन्टर ब्लु, ब्ल्याक र रेड गरी तीन रङमा उपलब्ध छ । यसमा ८ रङको विकल्प छ ।

कम्पनीले प्रत्येक महिना तिर्ने गरी फाइनान्स सुविधा पनि दिएको छ । स्पट एक्सचेन्ज पनि हन्टरले उपलब्ध गराउँछ ।

अहिले रोयल इनफिल्डको एसेम्बल फ्याक्ट्री वीरगञ्जमा छ । त्यहीकारण अहिले नेपालमा ३५० सीसी र ४११ सीसीको बाइक त्यहीँ एसेम्बल भएर आउँछ । यसले स्पेयर पार्ट्स उपलब्धता सहज भएको छ । ग्राहकले अन्य सर्भिसिङमा पनि सहज महसुस गरिरहेको कम्पनीको दाबी छ ।

नेपालमा हन्टर, क्लासिक, मेटर र स्क्राम एसेम्बल पनि हुने गरेको छ । यसले गर्दा मोटरसाइकललाई चाहिने स्पेयर पार्ट्स एकदम सहज भएको कम्पनीका प्रतिनिधि बताउँछन् । हन्टर मोटरसाइकल रोयल इनफिल्डको सबै शोरुममा इन्क्वायरी र टेस्ट ड्राइभ गर्न सकिने छ ।

तस्वीर/भिडियो : शंकर गिरी/अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?