+
+

लक्ष्मी सनराइज बैंकले सञ्चालनमा ल्यायो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

अनलाइनखबर अनलाइनखबर
२०८० माघ ५ गते १८:५०

काठमाडौं । लक्ष्मी सनराइज बैंकले ‘ई-कमर्स अक्वायरिङ गेटवे’ सेवा सञ्चालनमा ल्याएको छ ।

नेप्स र भिसाको सहायक संस्था साइबरसोर्ससँगको सहकार्यबाट यो सेवा सञ्चालनमा आएसँगै बैंकका ग्राहक एवम् व्यवसायीहरूले ई-कमर्स प्लेटफर्म मार्फत अनलाइन भुक्तानी स्वीकार गर्न सक्ने छन् ।

ई-कमर्स अक्वायरिङ गेटवे व्यापारीवर्गहरुको निम्ती ग्राहक मार्फत भुक्तानी लिन सजिलो मध्यम हुन सक्ने विश्वास बैंकको छ ।

यस प्लेटफर्मबाट व्यापारीहरुले विश्वव्यापी रुपमा अनलाइन कारोबार पनि स्वीकार गर्न सक्नेछन् भने उपभोक्ताहरूले भौतिक उपस्थितिको आवश्यकताविना छिटो र सहज रूपमा कार्डमार्फत अनलाइन भुक्तानी गर्न सक्ने बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?