+
+

लक्ष्मी सनराइज बैंकको नाफा बढ्यो, प्रतिसेयर आम्दानी घट्यो

अनलाइनखबर अनलाइनखबर
२०८१ वैशाख ७ गते ८:१४

७ वैशाख, काठमाडौं । लक्ष्मी सनराइज बैंकको खुद नाफा बढेको छ । बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरणअनुसार समीक्षा अवधिमा खुद नाफा २७.७ प्रतिशत बढेको हो । तत्कालीन लक्ष्मी र सनराइज बैंक मर्जपछि एकीकृत वित्तीय विवरण आएकाले बैंकको नाफा बढेको देखिएको हो ।

बैंकले चालु आवको साउनदेखि चैत मसान्तसम्म १ अर्ब ६१ करोड रुपैयाँ खुद नाफा कमाएको छ । गत आर्थिक वर्षको यसै अवधिमा यस्तो नाफा १ अर्ब २६ करोड रुपैयाँ थियो । खुद नाफा बढे पनि प्रतिसेयर आम्दानी (ईपीएस) घटेको छ ।

यहीं अवधिमा गत वर्ष वार्षिक प्रतिसेयर आम्दानी १४ रुपैयाँ ६१ पैसा रहेकोमा अहिले ९ रुपैयाँ २९ पैसामा झरेको छ । बैंकको सेयर संख्या बढ्न गएपछि ईपीएस झरेको हो ।

बैंकको वितरणयोग्य नाफा १ अर्ब २४ करोड ऋणात्मक छ । आर्जन भइसकेको नाफा पनि उठ्न नसक्दा वितरणयोग्य नाफा ऋणात्मक देखिएको हो । बैंकले लोन लस प्रोभिजनवापत (इम्पेरिमेन्ट चार्ज) ४ अर्ब छुट्याएको छ । पहिले यस्तो रकम १ अर्ब ९ करोड थियो ।

बैंकको प्रतिसेयर नेटवर्थ १७१ रुपैयाँ ५९ पैसा छ । त्यस्तै निष्क्रिय कर्जा ५.४९ प्रतिशत छ । गत वर्ष यसै अवधिमा यस्तो कर्जा १.८२ प्रतिशत थियो । सीडी रेसियो ७९.४८ प्रतिशत छ । आधार दर ९.१२ र स्प्रेड दर ४.४१ प्रतिशत छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?