+
+

सुर्खेतमा टिकट काट्ने विषयमा यातायात व्यवसायीबीच झड्प

अनलाइनखबर अनलाइनखबर
२०८० माघ ६ गते ९:३६

६ माघ, सुर्खेत । सुर्खेतको वीरेन्द्रनगर सिटी बसपार्कमा टिकट काट्ने विषयमा दुई यातायात प्रालिका कर्मचारीबीच झडप भएको छ ।

झड्पमा एकजना यातायात व्यवसायी घाइते भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

वीरेन्द्रनगरमा भखरै सञ्चालनमा आएको ‘भिजिट कर्णाली यातायात’ प्रालिका कर्मचारीमाथि शनिबार बिहान संयुक्त यातायात व्यवसायीमा आवद्ध केही व्यक्तिहरुले हातपात गरेका हुन ।

बुलबुले गेट नजिकै रहेको काउन्टरमा टिकट काटिरहेका बेला हातपात भएको भिजिट कर्णाली यातायातले जनाएको छ ।त्यसपछि दुई समूहबीच झडप भएको थियो ।

सुर्खेतमा सञ्चालित दर्जन बढी पुराना यातायत व्यवसायीहरुले संयुक्त यातायत व्यवसायी नाममा एलायन्स बनाएका छन् ।

‘हामीले कसैलाई घोचपेच गरेका छैनौं । आफ्नै तरिकाले काम गरिरहेका छौं । कुनै कारणविना एक्कासी आएर हाम्रा कर्मचारीमाथी हातपात गरियो,’ भिजिट कर्णाली यातायातका प्रकाश खड्का भन्छन्, ‘यी पुराना व्यवसायीहरु संयुक्त यातायातका नाममा सिन्डिकेट लगाएका छन् । नयाँ आउँने प्रतिस्प्रधी व्यवसायीहरुमा चौतफी प्रहार गर्दै आएका छन् ।’

दुई समूहको झड्पपछि रत्न राजमार्गमा चल्ने साना तथा ठूला सवारीसाधन ठप्प भएका छन् ।

घटनास्थलमा ठूलो संख्यामा प्रहरी खटाइएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका निमित्त प्रवक्ता कृष्णबहादुर खड्काले जानकारी दिए । ‘घटनास्थलमा ठुलो मात्रामा प्रहरी परिचालन गरेका छौं । दुई समूहलाई एक ठाउँमा राखेर विवाद समाधानको प्रयास भै रहेको छ,’ प्रवक्ता खड्काले अनलाइनखबरसँग भने ।

प्रहरीका अनुसार घाइतेको कर्णाली प्रदेश अस्पतालमा उपचार भैरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?