News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाल राष्ट्रिय यातायात व्यवसायी महासंघले बिहीबारदेखि १२ असोजसम्म सेवा सञ्चालनअघि बाटोको अवस्था र मौसमबारे अनिवार्य जानकारी लिन आह्वान गरेको छ।
- महासंघले अत्यावश्यक नपरेसम्म टाढाको यात्रा र रातिको समयमा यात्रा नगर्न सबैलाई आग्रह गरेको छ।
- सरकारले यस साता अविरल वर्षासँगै सडकमा बाढी र पहिरोको जोखिम रहेकाले सचेत रहन भनेको छ।
७ असोज, काठमाडौं । बिहीबारदेखि टाढा र रातको समयमा यात्रा नगर्न यातायात व्यवसायीले आह्वान गरेका छन् । नेपाल राष्ट्रिय यातायात व्यवसायी महासंघले एक विज्ञप्ति जारी गर्दै बिहीबारदेखि १२ असोजसम्म यातायात सेवा सञ्चालन गर्नुपूर्व बाटोको अवस्था र मौसमबारे अनिवार्य जानकारी लिन आह्वान गरेको छ ।
साथै अत्यावश्यक नपरेसम्म टाढाको यात्रा नगर्न महासंघले सबैलाई आग्रह गरेको छ । बिहीबारदेखि रातिको समयमा पनि यात्रा नगर्न समेत महासंघले आह्वान गरेको छ ।
यसअघि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सरोकारवालालाई यस्तो अनुरोध गरिसकेको छ । सोही अनुसार यातायात सञ्चालन गर्न महासंघले आफ्नो सदस्यहरुलाई सचेत गराएको छ ।
यस साता अविरल वर्षा हुने र यसले सडकमा बाढी तथा पहिरोको जोखिम हुने भन्दै सरकारले सबैमा सचेत हुन भनेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4