+
+
कथा :

प्रस्ताव क्याफे-२

मनोज रेग्मी मनोज रेग्मी
२०८० माघ ६ गते १८:२९

‘बिरामी छु; टाउको दुखेको छ, त्यसैले आज हिंड्न जान सकिनँ यार!’ भनेर डेढ घण्टा अघि मात्र फोन राखेको मान्छे अहिले ठाँटिएर मेरो घरको गेटमा मलाई नै कुरेर बसिरहेको थियो।

‘यो छट्पटेको भरै हुँदैन! के भयो फेरि यसलाई? यो यसै त पक्कै आएको छैन’, उसलाई परबाट देख्ने बित्तिकै मेरो मनमा उब्जिएका सबालहरू थिए, यी।

‘अघि टाउको दुखेको छ, आज हिंड्न जान्न भनेर फोन काटेको देवदास अहिले देवानन्द बनेर आएछस् त? के पारा हो हँ तेरो? के भयो फेरि?’, मैले परैबाट सोधें।

अरू बेला मेरो यस्तो खालको टिप्पणीले मुस्कुराउने मान्छे हो, ऊ! तर त्यतिबेलाको त्यो मेरो टिप्पणीले उसलाई छोएर मात्र गयो, कुनै असर गरेन।

‘आइज बस्! तँसँग कतै गएर कुरा गर्नुछ!’, उसले मलिन भएर बस् यत्ति भन्यो।

‘मलाई अघि नै कुरा टुङ्ग्याएको जस्तो लागेको थियो, तर फेरि यसरी कुरा गर्नुछ भनेर आएपछि फेरि केही पक्कै भएको हुनुपर्छ’, मैले मनमनै अड्कल काटें।

‘बस् न छिटो’, उसले बाइकको स्ट्याण्ड जुत्ताको टुप्पोले धकेल्दै भन्यो।

‘ल ल, एकैछिन बस्दै गर्। म पसिनै पसिना भएको छु। तिर्खा पनि लागेको छ। म यो टिसर्ट फेरेर, हल्का पानी पिएर आउँछु। तँ एकैछिन बस्दै गर् है, म आइहालें’, मैले भित्र छिर्ने बेला सम्झिएर फेरि थपें, ‘तँ नि हिंड न भित्रै, पानी-सानी पिएर निस्किम्ला दाजुभाइ!’

‘तँ गएर आइजा, म यहीं बस्छु’, ऊ अन्कनायो, जुन दुर्लभ घटना हो। मलाई अचम्म नलागेको पनि कहाँ हो र! यसअघि मैले यसरी भित्र बोलाउँदा ऊ नआएको मलाई थाहा छैन। अरू बेला मैले बोलाएपछि आउने र भाउजुसँग जे छ मागेर खाने मान्छे हो, तर आज नकारेको थियो।

वास्तवमा म पनि तपाईंलाई तपाईंकै शैलीमा तपाईंको प्रस्ताव स्वीकार गरेको कुरा व्यक्त गर्न चाहन्थें। त्यसैले आज तपाईंलाई दिएको समयभन्दा एक घण्टा अघि नै म मेरी प्रिय साथी श्रुवणालाई लिएर यस प्रस्ताव क्याफेमा आएकी थिएँ।

‘ल त बस्दै गर्, म पाँच मिनेटमा आउँछु’, यति भनेर म घरभित्र छिरें। उसको मनस्थिति बुझेर मलाई अरूबेला जस्तो कर गर्न पनि मन लागेन।

म उसको पछाडि बस्नासाथै उसले छर्किएको अत्तरको कडा गन्ध सीधै आएर मेरो नाकमा ठोक्कियो।

मलाई बस् पुगिहाल्यो, त्यसैले मैले जिस्काएरै भनें, ‘टाउको दुख्दा लगाउने भिक्समा पनि अत्तरको गन्ध हालेर पठाउन थाले कि क्या हो आजकल?’

ऊ फेरि पनि मौन रह्यो। केही बोलेनँ। त्यसपछि म पनि बोलिनँ। बाटोभरि हाम्रो मौनतालाई उसको हेल्मेटको फित्तालाई हावाले हेल्मेटमा ठोक्काएर आएको प्याट-प्याट आवाजले बिथोलिरह्यो।

उसले बाइक सीधै बंग्लादीको एउटा बारमा लगेर रोक्यो। उसले स्ट्याण्ड लगाउनु पूर्व म झरें। ऊ पनि झर्‍यो, र अघि लाग्यो। मैले उसलाई पछ्याएँ।

हामी तालपारिका रेस्टुरेन्टका बत्तीहरूको छायाँ तालमा देखिने गरिराखिएको टेबलमा गएर बस्यौं। एकैछिनमा वेटर अर्डर लिन आए। उसले नै दुई गिलास कोल्ड ड्रिंक्स अर्डर गर्‍यो।

वेटर गएपछि उसले गोजीबाट चुरोट निकालेर सल्कायो, र लामो कस तानेर धुवाँ सिलिङतिर फुक्यो।

ऊ अझै बोल्ने सुरमा थिएन।

यसरी लामो समय उसले बोल्ने छाँटकाँट नदेखाएपछि मलाई झोंक चल्यो।

‘के भो ? भिजेको मुसा जस्तो लत्रक्क लत्रिएछस् त? केही नबोल्ने भए मलाई यस्तो आत्तुरी र पात्तुरी गरेर ह्याँ किन ल्याको ?’, म अलि रूखो पल्टिएर भनें।

‘औडाहा भयो, यार!’, मेरो चढ्न थालेको पारो यत्तिले ओर्लिनेवाला थिएन। त्यसैले अलि झर्किएर भनें, ‘सबै कुरा अघि साँझमै भनिसकेको होइनस् र? के औडाहा भयो फेरि तँ छट्पटेलाई?’

‘होइन। त्यसपछि झन् के-के भयो, भयो’, बल्ल ऊ कुरा खोल्न तयार भयो।

‘त्यसपछि?’, मेरो शरीरमा काँडै उम्रिए।

‘अँ त्यसपछि!’

‘के भयो त्यसपछि?’, मेरो शरीर तात्दै आइसकेको थियो।

‘तँसँग बोल्दाबोल्दै माया मिसको फोन आयो!’

‘अनि?’

‘तेरो फोन काटेर उता उठाएँ।’

‘अनि?’, मेरो वरपरको संसार सबै उसको मुखमा आएर समाहित भयो। मैले ऊ बाहेक अरू केही देख्नै छोडें।

फोन उठाउनासाथ उसले, ‘प्रेम सर, कता हुनुहुन्छ? म अघिनै देखि तपाईंलाई क्याफेमा कुरिराछु। कतिबेला आउनुहुन्छ?’, भनेर सोधी।

‘म बाटोमै छु। यहाँ बाटोमा ठूलो दुर्घटना परेको रहेछ, त्यसैले जाम परेको रहेछ। म आइहालें है, नजिकै छु!’, मैले हड्बडाहटकै बीचमा झुट बोलें। किन बोलें, त्यो त मलाई पनि थाहा छैन।

त्यसपछि मलाई औडाहा भयो। ज्यानमा पलाएको आलस्यता पनि एकाएक छुमन्तर भयो। पसिनाले ज्यान गन्हाएको थियो। नुहाउने समय थिएन, त्यसैले भएभरको पर्फ्यूम छर्कें, अनि यो कपडा लगाएर प्रस्ताव क्याफेको लागि निस्किएँ। यो सब कसरी भइरहेको थियो मलाई नसोध्, सबै आफसेआफ भैरहेको थियो। म क्याफेसम्म बाइकमा कसरी पुगें भन्ने पनि याद छैन मलाई।

म प्रस्ताव क्याफे पुग्दा ऊ चारवटा पानको पात भएको टेबलमा हातमा हात रगड्दै बसिरहेकी थिई। उसको अगाडि तीनवटा खाली कप थिए।

‘सरी है मिस, म ढिलो भएँ!’, मैले बस्नु अघि नै माफी मागें।

‘केही छैन सर, बस्नुस् न! तपाईँलाई कुर्दा कुर्दा तीन कप त शुभकामनै पिइसकें मैले !’, उसले मलाई हल्का व्यंग्य गरी।

उसले बस्नुस् भनेपछि म बसें। म बस्ने बित्तिकै वेटर रातो मेन्यू लिएर हामीसामु मूर्ति झैं ठिङ्ग ठडिन आइपुगे।

‘कुर्दा कुर्दा मलाई त साह्रै भोक लागिसक्यो भन्या! खाजा खाऊँ है, सर ?’, उसले मेन्यू पल्टाउँदै सोधी।

‘हुन्छ।’, मैले यत्ति भनें।

त्यसपछि उसले नै मेन्यू हेरेर एक प्लेट मःम, एक प्लेट चाउमिन र साथमा दुईवटा कोल्ड ड्रिंक्स पनि अर्डर गरी।

म केही सोच्ने र बोल्ने स्थितिमा थिइनँ। रिसले हो या अरू नै केही कारणले हो, मेरा कान तातो भएका थिए।

यत्तिकैमा हिजोको वेटर अर्को कुनै टेबलमा सर्भ गरेर फर्कंदै गर्दा हाम्रो टेबलनेर आएर रोकिए, र मलाई नसोध्नुपर्ने प्रश्न सोधिदिए।

‘दाइलाई त अघि पनि देखेजस्तो लागेथ्यो?’, उनले सोधेका थिए।

उनको त्यो प्रश्नले मेरो अनुहारको रंग उड्यो। अरूबेला भएको भए म कालो–नीलो भएको हुँदो हुँ, तर रातो बत्तीको रातो प्रकाशमा म कस्तो देखिएँ, त्यो त म भन्न सक्दिनँ। तर मेरो अनुहारमा एकाएक आएको परिवर्तन पढेपछि उनी पक्कै पछुताएको हुनुपर्छ, त्यसैले उनले त्यहाँ भन्दा अगाडि सोधेनन्। बरू आफ्नो गल्ती महसुस गरेपछि मेरो जवाफ नपर्खिकनै उनी आफैंसँग केही बात मारेझैं गरेर आफूले बोकेको ट्रेले मुख छोपेर हामीबाट ओझेल परे।

‘अघि पनि?’, जे प्रश्न नआओस् भन्ने थियो, त्यो तेर्सिहाल्यो।

‘कति मान्छे आउँछन् यहाँ, उनी झुक्किए होलान्!’, मैले टार्न खोजें।

‘होइन! त्यति जाबो प्रश्नले कसैको अनुहारमा कसरी त्यत्रो परिवर्तन आउन सक्छ? तपाईं केही लुकाउँदै हुनुहुन्छ? कुरा के हो भन्नुस् त!’, यो सुन्नासाथ मलाई आफू फँसेको अनुभव भयो।

‘हो, म अघि पनि आएको थिएँ!’, कुनै गल्ती गरेपछि रिसाएको मालिकतिर टाउको झुकाएर बसिरहेको कुकुरले झैं टाउको झुकाएर मैले भनें।

‘कति बेला?’, यति भन्दै गर्दा मैले पुलुक्क उसको आँखामा हेर्न भ्याएको थिएँ। त्यतिबेला उसका आँखा छक्क पर्दा प्रयोग गरिने इमोजीका जस्तै ठूलो भएका थिए।

तपाईं मलाई साँचो प्रेम गर्नुहुन्थ्यो यदि भने मैले तपाईंको प्रेम अस्वीकार नै गरेको भए पनि तपाईंले मेरो निर्णयलाई सम्मान गर्न सक्नुपर्थ्यो। हामी असल मित्र त रहन सक्थ्यौं नै! तर तपाईंको अहंले कहाँ स्वीकृति दिन्थ्यो र त्यो सब गर्न! होइन, प्रेम सर?’

‘अघि ४ बजेतिर।’, ऊ एक पछि अर्को प्रश्न सोध्दै थिई। म आज्ञाकारी बालक झैं जे हो, त्यही भन्दै जाँदै थिएँ। हुन त, ढाँट्नु केलाई छ र! भन्ने पनि लाग्न थालेको थियो मलाई।

‘लौ हो र? किन त्यति छिटो आउनुभएको त? अनि आइसकेको मान्छे फेरि किन निस्किनुभएको त?’, उसका प्रश्नहरू हाँडीमा फूल उठ्न सुरू गरेका मकै झैं पड्किन थालेका थिए।

म केही बोलिनँ। बस् मुन्टो हल्लाएँ।

‘त्यति बेला त म पनि यहीं थिएँ!’, उसले सामान्य रूपमै भनी। मैले कुरैकुरामा कुरा फुत्केको होला भन्ने सोचेको थिएँ, तर होइन रहेछ। उसले मलाई नढाँटी आफू पनि तोकिएको समय अगावै क्याफेमा आएको कुरा खुलाई।

अब भने उसले मलाई शंकाको घेराभित्र राखेर केरकार गर्न थाली।

‘अनि उतिबेला आको मान्छे मलाई नकुरी किन जानुभएको त हँ, प्रेम सर?’

‘किन गएँ होला, त्यो त तपाईंलाई राम्रोसँग थाहा हुनुपर्ने हो!’, मनको कुरा फ्याट्ट मुखमा आइहाल्यो!

‘म घुमाउरो कुरा बुझ्दिनँ, प्रेम सर। म जे सोच्छु, त्यो सिधासिधा भन्न सक्ने मान्छे हुँ। र, म चाहन्छु, तपाईं पनि मलाई जे भन्न चाहनुहुन्छ, सिधा सिधा भन्नुस्। म अर्कै योजना बनाएर आएकी थिएँ वास्तवमा। तर सोचेजस्तो कहाँ हुन्छ र! मैले आफूलाई एकैछिनलाई रोकेकी छु, तपाईं बग्नुस्। अनि म पोख्खिऊँला!’

‘तपाईं अघि मैले हजुरलाई सुनाएको कविता कसलाई वाचेर सुनाउँदै हुनुहुन्थ्यो?’, मैले थपें, ‘ती त मैले नितान्त तपाईंलाई आफ्नो भावना व्यक्त गर्नका खातिर कोरेका शब्दहरू थिए। ती शब्दहरूमा तपाईंकै नाम लेखिएको थियो, तर तपाईंले मेरा तिनै शब्द प्रयोग गरेर अरू कसैलाई प्रेम प्रस्ताव राखेर यो मनमा गहिरो आघात पुर्‍याइदिनुभो, बुझ्नुभयो! त्यही आघात सहन नसकेर म तपाईंलाई नभेटी यहाँबाट भागेको थिएँ।’

‘के रे, के रे? कसले भन्यो यस्तो वाहियात् कुरा?’, उसका आँखा र अनुहार एकै पटक राता भए। म बुझ्न सक्थें, त्यो रातोपन लज्जा या हीनताबोधले थिएन, बरू सोच्दै नसोचेको अणुबम खसेकोमा आश्चर्यबोधको संकेत थियो।

‘मेरै कानले सुनेको!’, मैले होश गुमाइसकेको थिएँ।

‘एक पटक हेर्नुभएको पनि थियो, मेरो साथमा को थियो भनेर?’, उसले मलाई पक्डिएकी थिई।

‘के बाँकी थियो र, हेर्नु?’, म उसको हरेक प्रश्नसँगै झन्–झन् रूखो हुँदै गइरहेको थिएँ।

‘प्रेम सर, आज म तपाईंदेखि प्रभावित भएर तपाईंको प्रेम प्रस्ताव स्वीकार गर्ने उद्देश्यका साथ यहाँ आएकी थिएँ। तर ठीकै भयो, तपाईंको यो रूप पनि देख्न पाएँ। जिन्दगी सँगै हिंडौला भनेर कत्रो आश लिएर आज म यहाँ आएकी थिएँ, तर तपाईं त आँखा चिम्लेर, विवेकको ढोका बन्द गरेर कानमा मात्र विश्वास गर्ने मान्छे पो हुनुहुँदोरहेछ। मेरो स्वर सुनेर चिनेपछि मेरो साथमा को छ भनेर एक पटक हेर्ने प्रयास पनि गर्नु भएन? सम्बन्ध विश्वास र पारस्परिक संवादले सफल हुन्छ, प्रेम सर! तर तपाईंलाई त न मसँग विश्वास रहेछ, न त तपाईं संवादमा नै विश्वास गर्नुहुने रहेछ।

तपाईंले मलाई विश्वास गर्नुहुन्थ्यो यदि भने तपाईंले मैले दिएको समयसम्म कुर्नुहुन्थ्यो। यसरी त भोलि हामी सम्बन्धमा रहेपछि पनि कसैले मेरो बारेमा केही नराम्रो भनिदियो भने तपाईं अरूलाई प्रश्न नगरी सिधै मसँग स्पष्टीकरण माग्न आउन सक्नुहुने रहेछ। प्रेममा धीरता चाहिन्छ, प्रेम सर! तर तपाईंमा त त्यो पनि छैन रहेछ। तपाईं मलाई साँचो प्रेम गर्नुहुन्थ्यो यदि भने मैले तपाईंको प्रेम अस्वीकार नै गरेको भए पनि तपाईंले मेरो निर्णयलाई सम्मान गर्न सक्नुपर्थ्यो। हामी असल मित्र त रहन सक्थ्यौं नै! तर तपाईंको अहंले कहाँ स्वीकृति दिन्थ्यो र त्यो सब गर्न! होइन, प्रेम सर?’

उसले यो सब भनिसकेपछि मैले ठूलो गल्ती गरेको महसुस गरें। त्यसैले म केही बोल्नै सकिनँ। म चुपचाप निरीह भएर उसलाई सुनिरहें।

ऊ भन्दै गई, ‘तपाईंले मलाई हिजो जुन तरिकाले आफ्नो मनको कुरा राख्नुभयो, त्यो मलाई निकै सुन्दर लागेको थियो। सोचेको पनि थिएँ, तपाईंको अभिव्यक्त हुने शैलीले जीवन पनि रोमाञ्चक हुनेछ।

त्यसैले पनि मैले समय मागेकी थिएँ। र, रह्यो आजको कुरा, जुन तपाईंले सुन्नु मात्र भयो, र त्यसैको आधारमा आफ्नो धारणा बनाउनुभयो, म त्यो पनि खुलाइदिन चाहन्छु। हो, मैले हिजो तपाईंले मलाई पोख्नुभएको मनको भावना अरू कसैलाई सुनाएकी थिएँ। तर त्यो भन्नु अगाडि म तपाईंसँग एउटा प्रश्न सोध्न चाहन्छु। के त्यो कविता तपाईंले एकै पटकमा लेखेर, कण्ठस्थ पारेर मलाई सुनाउनुभएको थियो? के त्यसमा तपाईंको कुनै पूर्वतयारी थिएन? कृपया इमानदार भएर भनिदिनुहोला!’

उसका गम्भीर प्रकृतिका कुराहरूले म रन्थनिएको थिएँ। घरी–घरी आफूले के गल्ती गरें? म कहाँकेर चुकें? भनेर आफैंलाई केलाउन प्रयत्न पनि गरिरहेको थिएँ।

अब मेरो विचार र मन बदलिसक्यो, प्रेम सर। भावनाहरू चिसिन कत्ति पनि समय नलाग्ने रहेछन्। त्यसैले म तपाईंको प्रेम स्वीकार गर्न सक्दिनँ …।

‘त्यो त होइन। तर पनि…’

‘तर पनि के?’

‘त्यसरी मेरो…।’ म आफ्नै गल्तीमा अडिइरहन चाहिरहेको थिएँ, तर मैले वाक्य पूरा गर्न भने सकिनँ।

‘वास्तवमा म पनि तपाईंलाई तपाईंकै शैलीमा तपाईंको प्रस्ताव स्वीकार गरेको कुरा व्यक्त गर्न चाहन्थें। त्यसैले आज तपाईंलाई दिएको समय भन्दा एक घण्टा अघि नै म मेरी प्रिय साथी श्रुवणालाई लिएर यस प्रस्ताव क्याफेमा आएकी थिएँ। केहीबेर अभ्यास गरेर त्यही कविता तपाईंलाई सुनाउने मेरो चाहना थियो। त्यसैले जतिबेला तपाईंले मलाई सुन्नुभयो, उसलाई अगाडि राखेर म त्यो कविता वाचन गरिरहेकी थिएँ। तपाईंले त्यही सुन्नुभयो, र मेरो बारेमा धारणा बनाउनुभयो।

तर अब मेरो विचार बदलिसक्यो। मन बदलिसक्यो, प्रेम सर। भावनाहरू चिसिन कत्ति पनि समय नलाग्ने रहेछन्। त्यसैले म तपाईंको प्रेम स्वीकार गर्न सक्दिनँ, प्रेम सर। तपाईंको समय र प्रस्तावको लागि धेरै धन्यवाद! आफ्नो कानसँगै आँखा र विवेकको पनि प्रयोग गर्न सिक्नुहोला। जीवन यही एउटा सम्बन्धको त पक्कै पनि होइन। अन्य सम्बन्धहरूले पनि विश्वास माग्छन्, संवाद माग्छन्, समय र धीरता सबै माग्छन्। त्यसैले आफ्नो अहंलाई सधैं आफ्नो विवेकमाथि हावी हुन नदिनुहोला। आगामी दिन र सम्बन्धको लागि धेरै शुभकामना।’

यति भनिसकेर ऊ उठेर सरासर क्याफेबाट बाहिर निस्किई। म जहाँको त्यहीं बसेर ऊ गएको बाटो हेरिरहें। त्यतिबेला मेरो दिमाग पूरा जड भएको थियो। गला अवरुद्ध भएको थियो।

‘प्लिज यार, मैले त अझै केही सोच्नै सकिरहेको छैन। त्यसैले कसरी माफी मागौं ऊसँग? के गरौं? तैं भन् न!’, यति भनिसक्दा ऊ मनभरी भएको थियो। मेरो फोन काटिएपछिको घटनाको बेलिबिस्तार लगाएपछि बल्ल ऊ मतिर फर्कियो। उसका आँखाको डिलबाट छचल्किएर आँशु चुहिन मात्र बाँकी थियो। त्यो सबैलाई बेवास्ता गर्दै मैले भनें-

‘हेर प्रेम, तेरो कुराबाट माया मिस विचारको एकदम स्पष्ट रहिछिन् भन्ने मैले बुझें। विचारले स्पष्ट केटीहरू आफ्नो निर्णयमा मनको मात्रै सुन्दैनन्, आफ्नो विवेकको पनि प्रयोग गर्छन्। तेरो कुरा सुन्दा लाग्छ, उसको अन्तिम निर्णय उसले आफ्नो विचारमा टेकेर लिएकी हो। त्यसैले तैंले जे गरे पनि अब उसको निर्णय बदलिने वाला छैन।

मलाई गलत नसम्झी, तर अब केही हुनेवाला छैन। यद्यपि, तैंले एक पटक माफी मागेर हेर्न भने सक्छस्। त्यो पनि तेरो मनबाट आउनुपर्छ, मैले भनेर हुँदैन। सायद तेरो अहम्मा चोट पुगेको भए, तैंले त्यो पनि भित्री मनबाट गर्न नसक्लास्! त्यसैले मैले भनेको मान्छस् भने यो अध्याय यहीं समाप्त गरिदे। त्यही तिमीहरू दुवैको लागि राम्रो हुनेछ।’

मेरो कुराले ऊ झन् मर्माहत भयो। आखाँको आँशु र नाकको सिंगान एकैपटक पुछेर उसले कारुणिक पारामा भन्यो- ‘अब बाइक तँ चला है?’

‘किन?’, कहाँको कुरा कहाँ पुर्‍याएको थियो उसले, त्यसैले नबुझेर सोधें।

यसै बीच उसले क्याफेको वेटरलाई बोलायो। वेटर आएपछि उसले केही नबोली मेन्यू देखाएर केही अर्डर गर्‍यो।

वेटर एकैछिनमा एक गिलास ह्विस्की लिएर आए, र टेबलमा उसको अगाडि राखिदिए।

उसले मलाई हेर्दै नहेरी ह्विस्कीको गिलास उठायो, र त्यसलाई ओल्टाइपोल्टाइ गरेर हेर्‍यो। पिएन।

‘प्रस्ताव क्याफेको एउटा भित्तामा लेखेको मैले पढेको थिएँ, ‘गल्तीमा माफी माग्नु र माफी दिनु दुवै प्रेमका परम मित्र हुन्।’

उसले भनेकी छ, आज ऊ मेरो प्रस्ताव स्वीकार्न आएकी थिई। मलाई यो पनि थाहा छ कि, मात्र मेरो एउटा गल्तीले उसले आफ्नो निर्णय बदलेकी हो। कतिपय अवस्थामा मनले मस्तिष्कको अडिग अडानलाई पनि परास्त गर्न सक्ने ल्याकत राख्छ। अझ प्रेमको मामलामा मनमस्तिष्कसँग परास्त हुने भन्ने त सवालै उठ्दैन, यति भनेर उसले हातमा भएको गिलासको ह्विस्की एकै सासमा स्वाट्ट पार्‍यो।

एकैछिन गहिरो सोचमा डुबेपछि उसले टेबलमा राखेको आफ्नो मोबाइल उठायो। पाँच मिनेट खर्चेर केही लेख्यो, र कसैलाई पठायो पनि। सायद माया मिसलाई नै म्यासेज पठाएको थियो। म्यासेज पठाएपछि उसले सिलिङतिर फर्केर लामो सुस्केरा हाल्यो।

त्यतिबेलासम्म उसको मनस्थिति अर्कै भैसकेको थियो। म उसलाई हेरेर के-के सोच्दै थिएँ, बसिरहेको ठाउँबाट जुरूक्क उठेर उसले ‘घर जाम्, हिंड्!’ भन्यो, र आफू अगाडि लाग्यो। म हेल्मेट बोकेर उसको पछि लागें।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?