+
+

टंक र प्रियाले जिते आठौं झिल्टुङ्ग क्रस कन्ट्रीको उपाधि

अनलाइनखबर अनलाइनखबर
२०८० माघ ७ गते ९:११

७ माघ, काठमाडौ । टंकबहादुर कार्की र प्रिया राईले आठौं झिल्टुङ्ग क्रस कन्ट्री दौडको उपाधि जितेका छन् । नुवाकोटस्थित बेलकोटगढी नगरपालिका वडा नम्बर ५ कोल्पुटारमा भएको दौडमा खुला १३.५ अन्तर्गत त्रिभुवन आर्मी क्लबका टंक पुरुषतर्फ र प्रियाले महिलातर्फको उपाधि जिते ।

टंकबहादुर कार्कीले ५३ मिनेट ३८:२९ सेकेन्डमा दूरी पूरा गर्दै पहिलो भएका हुन् । ङमार सिंगि तामाङले ५५ मिनेट ०७ सेकेण्डमा दूरी पूरा गर्दै दोस्रो तथा आर्मीका सुवास कार्कीले ५५ मिनेट १० सेकेण्ड समय सहित तेस्रो बने ।

यस्तै महिलातर्फ प्रिया राईले १ घण्टा ०७:५७ मिनेट समय निकाल्दै पहिलो भइन् । नेपाल पुलिस क्लबकी राम माया बुढाले १ घण्टा ०९:१२ मिनेट समयमा निकाल्दै दोस्रो तथा सिर्जना पाण्डे १ घण्टा १६:५० मिनेटसहित तेस्रो भए ।

प्रतियोगितामा सिनियर तथा जुनियरतर्फ महिला र पुरुष गरि प्रतियोगितामा सात स्पर्धामा प्रतिस्पर्धा भएको थियो ।

१३.५ किमि कै भेट्रानतर्फ भीमबहादुर गुरुङ १ घण्टा ०५:५९ समयका साथ पहिलो भए । रेवतबहादुर दाहाल १ घण्टम ०७:१५ समयसँगै दोस्रो तथा भीमबहादुर अवाले १ मिनेट १३: ३९ समयमा दूरी पार गर्द तेस्रो भए ।

१३.५ कि मि स्थानीय पुरुषमा विमल थापा मगर १ घण्टा ०३:१० मिनेटमा पूरा गर्दै पहिलो भए। त्यस्तै सुमन श्रेष्ठ १ घण्टा ०७ मिनेटमा दूरी पार गर्दै दोस्रो हुदाँ तेस्रो बनेका सन्दीप राईले १ घण्टा १० मिनेटमा पुरा गरे ।

दौड बेलकोटगढी नगरपालिका वडा नम्बर ५ कोल्पुटारबाट सुरु भई बेलिनी, छाप, राजओडार, खड्गाछाप, सालचौर हुँदै फेरि कोल्पुटारमा आई समापन भएका थिए ।

प्रतियोगितामा १३.५ किमि खुल्ला महिला र पुरुष प्रथम भएका खेलाडीहरुले १५ हजार रुपैया, दोस्रो हुनेले १० हजार रुपैया र तेस्रोले ५ हजार रुपैया मेडल र प्रमाण पत्र प्राप्त गरे ।

त्यस्तै १३.५ किमि खुला स्थानीय पुरुषतर्फ पहिलो हुनेले १० हजार, दोस्रो हुनेले ७ हजार र तेस्रो हुनेले ५ हजार रुपैया मेडल र प्रमाण पत्र प्राप्त गरे । भेट्रान खुल्ला १३.५ पुरुषतर्फ पहिलो हुनेले ८ हजार, दोस्रो हुनेले ६ हजार र तेस्रो हुनेले ४ हजार रुपैयाँ मेडल र प्रमाण पत्र प्राप्त गरे।

त्यस्तै स्थानीय आमा समूहको ४.५ कि.मि दौडमा शनिता श्रेष्ठ पहिलो, कमला श्रेष्ठ दोस्रो र लक्ष्मी श्रेष्ठ तेस्रो भइन् । स्थानीय आमा समूह ४.५ कि.मि तर्फ पहिलो हुने खेलाडीले १२ हजार, दोस्रो हुनेले ९ हजार र तेस्रो हुनेले ६ हजार रुपैया मेडल र प्रमाण पत्र प्राप्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?