+
+

स्वदेश फर्किए प्रधानमन्त्री प्रचण्ड

अनलाइनखबर अनलाइनखबर
२०८० माघ ७ गते ९:००

७ माघ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड युगाण्डा भ्रमण सकेर स्वदेश फर्किएका छन् ।

युगाण्डाको राजधानी कम्पालामा आयोजना भएको असंलग्न आन्दोलनका सदस्य राष्ट्रहरुको १९ औं शिखर सम्मेलनमा भाग लिई आइतबार बिहान स्वदेश फर्किएका हुन् ।

माघ ४ गते राति युगाण्डा प्रस्थान गरेका उनी आज बिहान कतारको राजधानी दोहा हुँदै काठमाडौं आइपुगेका छन् । उनी सवार विमान अवतरण गर्ने क्रममा करिब आधा घण्टा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बन्द गराइएको थियो ।

भीभीआईपी उडानका कारण नोटाम जारी गरी अन्य जहाजको उडान/अवतरण रोकिएको जानकारी गराइएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?