+
+

सप्तरीमा उपेन्द्र यादव आउने कार्यक्रम रोक्न गृह मन्त्रालयलाई सीके राउतको पत्र

अनलाइनखबर अनलाइनखबर
२०८० माघ ७ गते १८:२७

७ माघ, काठमाडौं । जनमत पार्टीका अध्यक्ष सीके राउतले सप्तरीमा सोमबार हुने कृषि विश्वविद्यालयको भवन शिलान्यास कार्यक्रम स्थगित गर्न गृह मन्त्रालयलाई पत्र लेखेका छन् ।

जिल्लाको शान्ति सुरक्षा कायम राख्न शिलान्यास कार्यक्रम स्थगित गर्न राउतले गृह मन्त्रालयमा पत्र पठाएका हुन् । ‘इमेलबाट गृह मन्त्रालयलाई पत्र पठाएका छौं, सप्तरी जिल्ला प्रशासनलाई पनि बोधार्थ दिइएको छ’, केन्द्रीय सचिव बीपी साहले भने ।

जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले राजविराजमा भोलि कृषि विश्वविद्यालयको भवन शिलान्यास गर्ने कार्यक्रम तय भएको छ । उक्त कार्यक्रम रोक्न भन्दै मधेश प्रदेश सरकारमा शिक्षा तथा संस्कृति मन्त्री रहेका जनमत पार्टीका नेता महेशप्रसाद यादवले पनि वक्तव्य जारी गरेका छन् ।

‘कार्यक्रम नरोकेमा कुनै किसिमको अप्रिय घटना घटेमा त्यसको जिम्मेवारी मन्त्रालय नहुने विश्वविद्यालयको भिसी, रजिष्ट्रार हुने जानकारी समेत गराउन चाहन्छु’, मन्त्री यादवले जारी गरेको बक्तव्यमा उल्लेख छ ।

यसअघि आइतबार नै शिल्यान्यास रोक्नुपर्ने मागसहित विश्वविद्यालयमा जनमतका कार्यकर्ताले ताला लगाएका छन् । तर शिल्यान्यास कार्यक्रम नरोकिएपछि जनमतका अध्यक्ष राउतले गृह मन्त्रालयलाई पत्र लेखेका छन् ।

कृषि विश्वविद्यालय रहेको निर्वाचन क्षेत्र (सप्तरी–२) बाट राउतले अध्यक्ष यादवलाई गत वर्षको चुनावमा जितेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?