+
+

हिमालयन रिइन्स्योरेन्समा बन्यो पहिलो ‘रेड क्यान्डिलस्टिक’

अनलाइनखबर अनलाइनखबर
२०८० माघ ८ गते १५:३८

८ माघ, काठमाडौं । दोस्रो बजारमा कारोबार सुरु भएपछि हिमालयन रिइन्स्योरेन्स कम्पनीको सेयर मूल्यमा पहिलो पटक ‘रेड क्यान्डिलस्टिक’ बनेको छ । सेयर मूल्य अघिल्लो दिनको तुलनामा प्रतिकित्ता ३५ रुपैयाँ घटेपछि ‘रेड क्यान्डिलस्टिक’ बनेको हो ।

सोमबार यस कम्पनीको मूल्य ५.१४ प्रतिशत घटेको हो । दिनभर कारोबार हुँदा मूल्य उतारचढाव भए पनि अघिल्लो दिनको क्लोजिङ प्राइस भेटाउन सकेन । अघिल्लो दिन प्रतिकित्ता ६८१ रुपैयाँ क्लोजिङ प्राइस थियो । तर सोमबार कारोबार हुँदा अधिकतम मूल्य ६७५ रुपैयाँसम्म मात्रै पुग्यो भने न्यूनतम ६४१ रुपैयाँसम्म झरेको थियो । दिनभर कारोबार हुँदा ३४ रुपैयाँसम्म कम्पनीको मूल्य उतारचढाव हुन पुग्यो ।

सोमबार सबैभन्दा धेरै कारोबार हुनेमा यहीं कम्पनी रह्यो । कुल ६ अर्ब ३६ करोडको कारोबार भएकोमा यस कम्पनीको मात्रै ७८ करोड ६३ लाख रुपैयाँको हुन पुग्यो । पुस २३ देखि बजारमा यस कम्पनीको सेयर कारोबार सुरु भएको हो ।

गत असार मसान्तसम्म हिमालयन रिको बीमा कोषको आकार ३५ करोड ८१ लाख रुपैयाँ छ भने महाविपत्ति कोषमा ३ करोड ७१ लाख रुपैयाँ छ । असार मसान्तसम्म सञ्चित नाफा ४४ करोड २४ लाख रुपैयाँ रहेको कम्पनीले जनाएको छ ।

कम्पनीले गत आर्थिक वर्षको असार मसान्तसम्म ३ अर्ब ४८ करोड कुल प्रिमियम आम्दानी गरेको छ भने प्रिमियम हस्तान्तरण ५ करोड ३९ लाख हुँदा खुद प्रिमियम आम्दानी ३ अर्ब ४३ करोड छ । गत आर्थिक वर्ष कम्पनीले ४४ करोड २४ लाख रुपैयाँ खुद नाफा कमाएको छ । असार मसान्तसम्म कम्पनीको प्रतिसेयर आम्दानी ६ रुपैयाँ ३२ पैसा छ भने प्रतिसेयर नेटवर्थ ११० रुपैयाँ छ ।

यस कम्पनीको तुलना उस्तै प्रकृतिको अर्को नेपाल पुनर्बीमा कम्पनीसँग हुन्छ । नेपाल पुनर्बीमा कम्पनीको सेयर मूल्य सोमबार प्रतिकित्ता ७३९ रुपैयाँ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?