+
+

हिमालयन रिइन्स्योरेन्सले ८० प्रतिशत हकप्रद सेयर जारी गर्ने, साधारणसभा आह्वान

अनलाइनखबर अनलाइनखबर
२०८० माघ २८ गते ८:४१

२८ माघ, काठमाडौं । हालै प्राथमिक सेयर (आईपीओ) जारी गरी दोस्रो बजारमा कारोबार भइरहेको हिमालयन रिइन्स्योरेन्स कम्पनीले बोनस सेयर वितरणपश्चात ८० प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने भएको छ ।

कम्पनीले हाल कायम चुक्ता पूँजीको ४ प्रतिशत बोनस सेयर घोषणा गरिसकेको छ । सो बोनस सेयर पश्चात हुने चुक्ता पूँजी १० अर्ब ४० करोडको ८० प्रतिशत अर्थात् ८ अर्ब ३२ करोड रुपैयाँको हकप्रद सेयर निष्कासन गर्ने भएको हो ।

कम्पनीले ४ प्रतिशत बोनस सेयर र हकप्रद निष्कासन गर्ने प्रस्ताव पारित गर्नका लागि फागुन २० गतेका लागि साधारणसभा बोलाएको छ । सो साधारणसभाबाट यी प्रस्ताव पारित हुनेछ । त्यस्तै कम्पनीले घोषणा गरेको ४ प्रतिशत सेयर बोनस फागुन ६ गतेसम्म योग्य लगानीकर्ताले मात्रै पाउने छन् । अर्थात् फागुन ७ गतेका लागि कम्पनीले बुक क्लोजको मिति तय गरेको छ ।

फागुन ६ गतेसम्म सेयर किनेका तथा होल्ड गरेका सेयरधनीले मात्रै ४ प्रतिशत बोनस सेयर पाउनेछन् र साधारणसभामा भाग लिन सक्नेछन् । कम्पनीको साधारणसभा राष्ट्रिय सभागृहमा बस्ने भएको छ । साधारणसभामा संस्थापक सेयरधनी समूहबाट १ जना र साधारण सेयरधनीबाट २ जना संचालक नियुक्तिका लागि निर्वाचन हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?