+
+

हिमालयन रिइन्स्योरेन्सको सेयरमा ५ दिनदेखि दैनिक १० प्रतिशत वृद्धि

अनलाइनखबर अनलाइनखबर
२०८० पुष २९ गते ११:४१

२८ पुस, काठमाडौं । आइतबार पनि हिमालयन रिइन्स्योरेन्स कम्पनीको सेयर मूल्य १० प्रतिशत बढेको छ । यस कम्पनीको सेयर मूल्य विगत ५ दिनदेखि दैनिक १० प्रतिशतका दरले बढेको हो । पहिलो दिन गत सोमबार ३०९ रुपैयाँ २० पैसामा पहिलो कारोबार भएको थियो । सो कारोबारपछि सोमबार नै १० प्रतिशत मूल्य बढेर प्रतिकित्ता ३४० रुपैयाँ १० पैसा पुग्यो ।

मंगलबार १० प्रतिशत बढ्दा कम्पनीको मूल्य प्रतिकित्ता ३७४ रुपैयाँ १० पैसा, बुधबार फेरि १० प्रतिशत नै बढेर प्रतिकित्ता ४११ रुपैयाँ ५० पैसा पुग्यो । बिहीबार सोही वृद्धिदरलाई कायम राख्दै प्रतिकित्ता मूल्य ४५२ रुपैयाँ ६० पैसा पुगेको थियो ।

आइतबार १० प्रतिशत बढेपछि कम्पनीको मूल्य प्रतिकित्ता ४९७ रुपैयाँ ८० पैसा पुगेको छ । प्रिमियमसहित कम्पनीको आईपीओ प्रतिकित्ता २०६ रुपैयाँमा खुलेको थियो । अंकित मूल्य १ सयका दरले कुल १० करोड कित्ता सेयर बजारमा सूचीकृत छ। जसमा ७० प्रतिशत सेयर संस्थापकहरुको र ३० प्रतिशत सेयर साधारण समूहको छ ।

यस कम्पनीको तुलना उस्तै प्रकृतिको अर्को नेपाल पुनर्बीमा कम्पनीसँग हुन्छ । नेपाल पुनर्बीमा कम्पनीको सेयर मूल्य प्रतिकित्ता ६७५ रुपैयाँ हाराहारीमा छ । प्रतिस्पर्धी कम्पनी हिमालयन रिको पनि मूल्य सोही हाराहारीमा पुग्न सक्ने लगानीकर्ताको अनुमान छ ।

गत असार मसान्तसम्म हिमालयन रिको बीमा कोषको आकार ३५ करोड ८१ लाख रुपैयाँ छ भने महाविपत्ति कोषमा ३ करोड ७१ लाख रुपैयाँ छ । असार मसान्तसम्म सञ्चित नाफा ४४ करोड २४ लाख रुपैयाँ रहेको कम्पनीले जनाएको छ ।

कम्पनीले गत आर्थिक वर्षको असार मसान्तसम्म ३ अर्ब ४८ करोड कुल प्रिमियम आम्दानी गरेको छ भने प्रिमियम हस्तान्तरण ५ करोड ३९ लाख हुँदा खुद प्रिमियम आम्दानी ३ अर्ब ४३ करोड छ । गत आर्थिक वर्ष कम्पनीले ४४ करोड २४ लाख रुपैयाँ खुद नाफा कमाएको छ । असार मसान्तसम्म कम्पनीको प्रतिसेयर आम्दानी ६ रुपैयाँ ३२ पैसा छ भने प्रतिसेयर नेटवर्थ ११० रुपैयाँ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?