+
+

नेपाल ए टोली बन्न लागेको हुँदा सबै उत्साहित छौं: अनिल साह

अनलाइनखबर अनलाइनखबर
२०८० माघ ८ गते १९:५९

८ माघ, काठमाडौं । नेपाली क्रिकेट टोली तथा मधेश प्रदेशका विकेटकिपर अनिल कुमाल शाहले ए टोली बन्न लागेको हृुँदा आफूहरु उत्साहित भएको बताएका छन् । सोमबार प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा सुदूरपश्चिम प्रदेशलाई ८० रनले हराएपछि अनिलले उक्त प्रतिक्रिया दिएका हुन् ।

‘नेपाल ए ले गर्दा हामी सबै उत्साहित छौं । किनभने पहिला नेपाल ए टोली थिएन । नेपाल टोली मात्रै थियो । तर अव नेपाल ए सुन्दा अलीकती खृुसी लागेको छ । हामी पनि त्यो सर्कलमा बसी राख्छौं’, अनिलले भने ।

त्यसमा थपे, ‘त्यसले गर्दा हामी टोलीसँग जोडिएर बस्छौं । त्यसले गर्दा सजिलो हुन्छ । टोलीबाट आउट भएपछि अलीकति नकरात्मक सोचहरु आउँछ । अव चाहिँ सकरात्मक सोच आउँछ ।’

नेपालले पहिलो ओडिआई २०१८ मा नेदरल्यान्ड्सँग खेल्दा प्लेइङ-११ मा भएका अनिल २०२२ पछि टोलीमा छैनन् । पूनरागमन गर्न संघर्ष गरेका छन् । तर टियुमा उनले दुई शतक पूरा गर्ने अवसर खेर फालेका छन् । कर्णालीसँग ४४ र सुदूरपश्चिमसँग ६९ रनमा सेट भएर आउट हुन पुगेका थिए ।

‘आजको खेलमा शतक बन्ने सुरुमा लक्ष्य राखेको थिएन । आउट भएर आएपछि शतक मिस भयो भनेर दिमागमा आएको थियो । लामो खेलौ र तलका ब्याटरहरुलाई अलिकति सेट गरेर दिऊँ भन्ने सोच थियो । प्यालेटफर्म सेट भएको थियो । म एकछिन खेल्नु पर्ने थियो’, उनले भने ।

त्यसैमा उनी भन्छन्, ‘शतकसम्म पुग्न नसक्नुमा सायद बीचमा अलिकति ल्याक अफ फोकस भन्न सक्छौं । किनभने सुरुवात पाई रहेको छु । कन्फिडेन्स पनि छ । तर ठूलो खेल्ने योजना पनि छ । तर बीचमा अलीअली धेरै सोचेर पनि विकेट गएको होला ।’

मयन यादवको ११५ रनको शतकमा मधेशले ३१९ रन बनाएको थियो । सुदूरको ब्याटिङ आक्रामण सामु त्यो रन कम भएको अनिल बताउँछन् । ‘यो विकेटमा हामी २०–३० रनले पछि थियौं जस्तो लाग्छ । किनभने सुदूरपश्चिमको जुन ब्याटिङ आक्रामण थियो त्यसले सायद हामी अभै अलीकति पछि थियौं’, उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?