+

नेपालको जितमा बनेका तीन दुर्लभ कीर्तिमान

२०८० माघ  २९ गते १७:२६ २०८० माघ २९ गते १७:२६
नेपालको जितमा बनेका तीन दुर्लभ कीर्तिमान

२९ माघ, काठमाडौं । नेपालले तेस्रो ओडीआई खेलमा क्यानडालाई ९ विकेटले हराउँदै सिरिजमा क्लिनस्वीप गरेको छ । पहिलो खेलमा नेपाल ७ रन र दोस्रो खेलमा ४ विकेटले विजयी भएको थियो ।

तेस्रो खेलमा सोमबार नेपालले जितको लागि पछ्याएको २३३ रनको लक्ष्य ४४.३ ओभरमा १ विकेट गुमाउँदै पूरा गर्‍यो ।

नेपालको जितमा अनिलकुमार साह १२४ बलमा १२ चौका र २ छक्कासहित ११२ रनमा नट आउट रहे ।

भीम सार्की १२९ बलमा ११ चौका र १ छक्कासहित १०१ रनमा नट आउट रहे । दुबैले पहिलो पटक शतक हानेका हुन् ।

नेपालको सहज जितमा भने तीन दुर्लभ कीर्तिमान बनेका छन् ।

पहिलो पटक एकै खेलमा दुई शतक

नेपालबाट सिनियर क्रिकेटमा कुनै पनि खेलमा पहिलो पटक एकै इनिङमा दुई शतक बनेका हुन् ।

सन् १९९६ देखि अन्तर्राष्ट्रिय क्रिकेट खेलेको नेपालबाट कुनैपनि खेलमा एकै इनिङमा दुई शतक बनेको थिएन ।

यू-१९ क्रिकेटमा भने आईसीसी यू-१९ विश्वकप २०२३ मा युएईको आजमानमा कुवेतविरुद्ध देव खनाल १२५ र अर्जुन कुमालले १०८ रन बनाएका थिए ।

ओडीआईमा उच्च साझेदारी

नेपाललाई सहज जित दिलाउन अनिल र भीमले १८९ रनको अविजित साझेदारी गरे । ओडीआईमा नेपालबाट कुनै पनि विकेटका लागि भएको उच्च साझेदारी हो ।

यसअघि २०२३ जुनमा कुशल भुर्तेल र आसिफ शेखले जिम्बावेविरुद्ध पहिलो विकेटका लागि १७१ रनको साझेदारी गरेका थिए । त्यो नै उच्च साझेदारी थियो ।

तीन खेलको ओडीआई सिरिजमा पहिलो पटक क्लिनस्वीप

नेपालले तीन खेलको ओडीआई सिरिजमा पहिलो पटक क्लिनस्वीप गरेको हो ।

यसअघि नेपालले तीन खेलको सिरिज दुबईमा २०१९ र २०२२ मा टियुमा युएईविरुद्ध समान २-१ले जितेको थियो ।

दुई खेलको सिरिज भने नेपालले २०२१ मा पपुवा न्युगिनीविरुद्ध ओमानमा क्लिनस्विप गरेको थियो ।

अनिल साह नेपाल भर्सेस क्यानडा भीम सार्की

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय