+
+

कांग्रेस नेतृ द्रौपदा शर्मा पोखरेलको निधन

अनलाइनखबर अनलाइनखबर
२०८० माघ ९ गते ९:५४

९ माघ, काठमाडौं । नेपाली कांग्रेसकी नेतृ द्रौपदा शर्मा पोखरेलको आज बिहान निधन भएको छ । एक सय दुई वर्षीया पोखरेलको आज बिहान ४ बजे काठमाडौंको सामाखुसी रानीबारीस्थित निवासमा निधन भएको हो ।

२००७ सालको जनक्रान्तिको समयदेखि प्रजातन्त्र पुनःस्थापनामा उनको योगदान थियो । उनी २००७ सालको जनक्रान्तिपछि स्थानीय महिला संघको अध्यक्ष बनेकी थिइन् ।

उनको आजै पशुपतिमा अन्त्येष्टि गरिने जेठा छोरा रामचन्द्र पोख्रेलले जानकारी दिए ।

द्रौपदा नेपाली कांग्रेसको केन्द्रीय सदस्य समेत भएकी थिइन् । उनी गोवर्द्धन शर्मा स्मृति ट्रष्टको अध्यक्ष र संरक्षक थिइन् ।

उनी स्वर्गीय गोवर्द्धन शर्मा पोखरेलकी पत्नी हुन् । उनी संविधानसभा सदस्य रामचन्द्र पोखरेल, गण्डकी प्रदेशका पूर्वमुख्यमन्त्री कृष्णचन्द्र पोखरेल, योजना आयोगको पूर्वउपाध्यक्ष डा. जगदीशचन्द्र पोखरेल र सुवास पोख्रेल तथा छोरीहरु पि्रयंवदा र सत्यवतीकी आमा हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?