+

किन बढ्दैछ भाइरल ज्वरो ? यसरी गर्न सकिन्छ घरमै उपचार

२०८० माघ  ९ गते १८:२७ २०८० माघ ९ गते १८:२७
Shares
किन बढ्दैछ भाइरल ज्वरो ? यसरी गर्न सकिन्छ घरमै उपचार

केही समययता भाइरल ज्वरोका बिरामी बढ्दैछ । भाइरल ज्वरोले शरीरमा भाइरल सङ्क्रमण बुझाउँछ, जुन सामान्यतया शरीरको तापक्रममा अचानक वृद्धिको रूपमा देखा पर्छ । कमजोर प्रतिरक्षा भएका बालबालिका र वृद्धलाई यसले निकै सताउने गर्छ । साथै यो एक व्यक्तिबाट अर्को व्यक्तिमा छिट्टै सर्छ ।

भाइरल सङ्क्रमणमा प्रायः गरेर हल्का वा धेरै (१०२ डिग्री फरेनहाइटसम्म) ज्वरो आउने, शरीरको दुखाइ, टाउको दुखाइ, कमजोरी, सिंगान बग्नु र खोकी आदि लक्षणहरू देखा पर्छन् । यस प्रकारको लक्षण र रोगको अवधि उमेर र बिरामीको स्वास्थ अवस्थाअनुसार परिवर्तन हुनसक्छ ।

भाइरल ज्वरो सामान्यतया तीनदेखि चार दिनभित्र आफैं निको हुन्छ । निको नभएको खण्डमा भने अस्पताल गएर चिकित्सकको परामर्श लिनुपर्छ । यस्तोमा भाइरल ज्वरोको समस्यामा अस्पताल नजाँदासम्म ज्वरोलाई कम गर्न घरमै केही उपाय अपनाउन सकिन्छ ।

भाइरल ज्वरोका लागि घरेलु उपचार

भाइरल ज्वरोलाई कम गर्न सबैभन्दा पहिले त हाइड्रेट रहनुपर्छ । त्यसका लागि प्रशस्त मात्रामा मनतातो पानी पिउनुपर्छ । जति बढी मनतातो पानी खायो त्यति नै छिटो पानी रगतमा फैलिने र भाइरसलाई पिसाबको माध्यमबाट बाहिर फाल्ने काम गर्छ ।

ज्वरो आएपछि सिटामोल खाँदा पनि ज्वरो आइरहेको छ भने घरेलु उपचारको रूपमा पानीपट्टी गर्न सकिन्छ । तर यसको तरिका जान्न भने आवश्यक छ । पानीपट्टी टाउकोमा लगाएर मात्र हुँदैन । टाउकोदेखि काखी, खुट्टा र हातमा पनि पानीपट्टी गर्नुपर्छ ।

खानपानमा विशेष ध्यान दिनुपर्छ । सन्तुलित र पोषणयुक्त खाना खानुपर्छ । प्रशस्त मात्रामा हरियो सागपात र फलफूल खानुपर्छ । बासी तथा चिसो खानेकुरा खानु हुँदैन ।

ज्वरो आउँदा पूरा शरीर नै कमजोर हुन्छ । पाचन प्रणाली पनि कमजोर हुने हुँदा खानेकुरा पचाउन कठिन हुन्छ । त्यसैले सुपाच्य खानेकुरा खानुपर्छ । जाउलो, खिचडी, सुपजस्ता झोलिलो र तागतिलो खानेकुरा खानुपर्छ ।

बिरामीलाई गुम्म परेको ठाउँमा राख्नुहुँदैन । कोठामा झ्याल वा भेन्टिलेसन हुनुपर्छ, जसले शरीरको तापक्रम घट्न मद्दत गर्छ । बाक्लो मोटो सिरक ओढाउन हुँदैन । पातलो सिरक वा ब्ल्याङ्केट ओढाउनुपर्छ । जाडोमा भाइरल सङ्क्रमणबाट बच्न चिसोबाट बच्नुपर्छ । तातो लुगा लगाउने र तातोपानीको बाफ लिने गर्न सकिन्छ ।

मधुमेह, उच्च रक्तचाप, दम जस्ता दीर्घरोगीहरुले विशेष ध्यान दिनुपर्छ । मधुमेह र उच्च रक्तचापलाई नियन्त्रणमा राख्नुपर्छ भने दम बढ्न नदिन चिसो र प्रदूषणबाट बच्नुपर्छ ।

पारासिटामोलको सेवन गर्न सकिन्छ

पारासिटामोललाई सुरक्षित औषधि मानिन्छ । त्यसैले बिरामीहरूले तत्काल राहत पाउनका लागि यसको प्रयोग गर्न सक्छन् ।

सिटामोल कति मात्रामा खाने भन्ने कुरा व्यक्तिको शरीरमा निर्भर रहन्छ । ६० देखि ७० किलो तौल भएका व्यक्तिले एक पटकमा ५०० मिलिग्रामको डेढदेखि दुई चक्की खान सकिन्छ । त्यहाँभन्दा बढी तौल भएका व्यक्तिलाई भने दुई चक्की आवश्यक हुन्छ । ज्वरो आइरहेको छ भने ६ घण्टा वा ८ घण्टाको अन्तरमा सिटामोल खान सकिन्छ । ज्वरो क्रमशः घट्दै गएमा यसको सेवन रोक्न सकिन्छ ।

कतिपय भाइरल ज्वरोको लक्षण हेरेर पत्ता लगाउन गाह्रो हुन्छ । औषधि खाँदा र पानीपट्टी लगाउँदा पनि ज्वरो घटेन भने अस्पताल जानुपर्ने हुन्छ । लक्षणअनुसार उपचार गर्न सकिन्छ । डाक्टरहरूले सामान्यतया भाइरल ज्वरोका लक्षणहरू कम गर्न र तापक्रम कम गर्न औषधि दिन्छन् । धेरै दिन उच्च ज्वरो आउँदा घरमै राखिराख्यो भने अन्य जोखिम पनि आउन सक्छ । त्यसैले तीन त्यसैले तीन चार दिन भन्दा बढी लगातार ज्वरो आएमा कारण पत्ता लगाउन अस्पताल जानुपर्छ ।

डा. निहारकुमार दास भाइरल ज्वरो संक्रमण
डा. निहारकुमार दास
लेखक
डा. निहारकुमार दास
इमर्जेन्सी फिजिसियन

नेपाल मेडिकल काउन्सिल दर्ता नम्बर : २३९६१ अध्ययन : एमबीबीएस हाल काठमाडौंको नयाँ बानेश्वरस्थित निजामती कर्मचारी अस्पतालमा कार्यरत

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

एस्पिरिनले क्यान्सरको जोखिम कम गराउँछ, कसरी ?

एस्पिरिनले क्यान्सरको जोखिम कम गराउँछ, कसरी ?

स्वास्थ्यसँग जोडिएका १२ मिथकहरू, जसलाई तोड्नु आवश्यक छ

स्वास्थ्यसँग जोडिएका १२ मिथकहरू, जसलाई तोड्नु आवश्यक छ

विदेशी नागरिकता लिने १७ डाक्टरको नाम दर्ता किताबबाट हटाइयो

विदेशी नागरिकता लिने १७ डाक्टरको नाम दर्ता किताबबाट हटाइयो

एक वर्षदेखि सञ्चालनमा एनआईपीटी सेवा, अब नेपालमै परीक्षण सम्भव

एक वर्षदेखि सञ्चालनमा एनआईपीटी सेवा, अब नेपालमै परीक्षण सम्भव

गर्दन दुख्ने समस्या किन बढ्दै छ यति धेरै ?(भिडियो)

गर्दन दुख्ने समस्या किन बढ्दै छ यति धेरै ?(भिडियो)

गर्भपतन : सुरक्षित भनिएको देशमा किन भइरहेका छन् असुरक्षित मृत्यु ?

गर्भपतन : सुरक्षित भनिएको देशमा किन भइरहेका छन् असुरक्षित मृत्यु ?