+
+

पोखरा रंगशाला व्यवस्थापनको जिम्मा कास्की जिल्ला खेलकुदलाई

अनलाइनखबर अनलाइनखबर
२०८० माघ ९ गते १८:५४

९ माघ, पोखरा । प्रदेश खेलकुद परिषद गण्डकीले पोखरा रंगशाला व्यवस्थापनको जिम्मा जिल्ला खेलकुद विकास समिति कास्कीलाई दिने निर्णय गरेको छ ।

प्रदेश खेलकुद परिषदका अध्यक्ष एवं गण्डकी प्रदेश सरकारका सामाजिक विकास तथा स्वास्थ्य मन्त्री शुसीला सिम्खडाको अध्यक्षतामा बसेको परिषदको सातौं बोर्ड बैठकले उक्त निर्णय गरेको हो ।

परिषदको निर्देशन अनुसार गठित पोखरा रंगशाला व्यवस्थापन सहजीकरण समितिले पेश गरेको सुझाव र प्रतिवेदनका आधारमा प्रदेश खेलकुद परिषदको अर्को निर्णय नभएसम्मको लागि रंगशालाको व्यवस्थापन जिल्ला खेलकुद विकास समिति कास्कीलाई दिने निर्णय गर्नुका साथै रंगशालाबाट प्राप्त आम्दानी तथा खर्च ३/३ महिनामा परिषदबाट स्वीकृत गराई खर्च गर्न सक्ने गरी जिल्ला खेलकुद विकास समिति कास्कीको प्रस्तावित निर्णयलाई परिषदको बैठकले अनुमोदन र समर्थन गर्ने निर्णय गरेको छ ।

यो निर्णयसँगै रंगशालाको सरसफाइ, मर्मत सम्भार, सूरक्षा व्यवस्थापन, पानी र विद्युतीकरणलगायत सम्पूर्ण खेल संघहरुलाई सबै खेलका प्रशिक्षणहरु रंगशाला केन्द्रितको व्यवस्था मिलाउन समेत जिल्ला खेलकुद विकास समिति कास्कीलाई जिम्मेवारी दिने गरी निर्णय गरेको छ ।

साथै योग खेलको विकास र प्रवद्र्धनका लागि गण्डकी प्रदेश सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय अन्तर्गत स्वास्थ्यतर्फले योग अभ्यास र आर्यूवेद सञ्चालनका लागि उपयूक्त कोठा उपलव्ध गराउने निर्णय गरेको छ । सो निर्णय कार्यान्वयनका लागि पोखरा रंगशाला  व्यस्थापन सहजीकरण समितिलाई जिम्मेवारी समेत तोकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?