+
+

न्युजिल्यान्डको रोमाञ्चक जितले नेपाललाई फाइदा

अनलाइनखबर अनलाइनखबर
२०८० माघ ९ गते १९:००

९ माघ, काठमाडौं । दक्षिण अफ्रिकामा जारी आईसीसी यू-१९ विश्वकपमा न्युजिल्यान्डले अफगानिस्तानमाथि १ विकेटको रोमाञ्चक जित हात पारेको छ ।

लगातार दोस्रो जितले न्युजिल्यान्डले सुपर सिक्समा पुग्ने पहिलो टोली बनेको छ । न्युजिल्यान्डको यो जितले नेपाललाई पनि फाइदा पुग्ने भएको छ ।नेपालले बुधबार पाकिस्तान र शुक्रबार अफगानिस्तानसँग खेल्नेछ ।

नेपाल सुपर सिक्समा पुग्न अन्तिम खेलमा अफगानिस्तानलाई हराए पर्याप्त हुनेछ ।

न्युजिल्याण्डसँग अफगानिस्तान पराजित भएपछि नेपालले अन्तिम खेलमा जित हात पारे नेटरनरेटको बिना झन्झटले सुपर सिक्समा पुग्ने समीकरण तयार भएको हो ।

अफगानिस्तान पहिलो खेलमा पाकिस्तानसँग १८१ रनले पराजित भएको थियो ।

नेपाल न्युजिल्यान्डसँग ६४ रनले पराजित भएको थियो । जितको लागि ९३ रनको सामान्य विजयी लक्ष्य पछ्याएको न्युजिल्यान्डले २८.२ ओभरमा ९ विकेट गुमाउँदै पूरा गर्‍यो ।

न्युजिल्यान्डको जित कप्तान ओस्कर ज्याक्सनल सर्वाधिक २६ रनको योगदान दिए । अफगानिस्तानका घजानफरले ३, खलिल अहमद र अर्ब गुलले २–२ विकेट लिए ।

त्यसअघि टस जितेर पहिला ब्याटिङ रोजेको अफगानिस्तान २१.३ ओभरमा ९१ रनमा अल आउट भएको थियो । अफगानिस्तानका जाश्मिद जद्रानले सर्वाधिक २२ रन बनाए । न्युजिल्यान्डका म्याट रवेले सर्वाधिक ५ विकेट लिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?