+
+

विश्वकप क्रिकेटमा अफगानिस्तानले दियो अष्ट्रेलियालाई २९२ रनको लक्ष्य

अनलाइनखबर अनलाइनखबर
२०८० कात्तिक २१ गते १८:१०

२१ कात्तिक, काठमाडौं । विश्वकप क्रिकेटमा अफगानिस्तानले जितका लागि अष्ट्रेलियालाई २९२ रनको लक्ष्य दिएको छ ।

मुम्बईको बाङ्खडे स्टेडियम टस जितेर पहिला ब्याटिङ गरेको अफगानिस्तानले निर्धारित ५० ओभरमा ५ विकेट गुमाउँदै २९१ रन बनाएको हो ।

अफगानिस्तानका लागि इब्राहिम जरदानले शतकीय पारी खेले ।

नट आउट १२९ रन बनाएका उनले दोस्रो विकेटका लागि रहमत शाहसँग ८३ रनको साझेदारी गरेका थिए ।

यस्तै सातौं विकेटका लागि रसिद खानसँग नट आउट ५८ रनको साझेदारी गरे । रसिद खानले १८ बलमा ३५ रन बनाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?