+
+

कोशीमा मौन अवधिमा एमाले र कांग्रेसको छुट्टा छुट्टै भेला 

अनलाइनखबर अनलाइनखबर
२०८० माघ १० गते ११:५४

१० माघ, विराटनगर । राष्ट्रिय सभा निर्वाचनको मौन अवधिको समयमा दुई गठबन्धनले छुट्टा छुट्टै भेला गरेका छन् ।

नेकपा एमाले र राप्रपाले होटलमा र सत्ताबन्धनले डाक्टर शेखर कोइरालाको निवासमा भेला गरेका हुन् ।

कोइराला निवासमा चियापानका लागि भन्दै गठबन्धनका मतदातालाई भेला गरिएको थियो । नेकपा एमाले र राप्रपाले भने मोती दुगडको होटल ह्यारिसनमा भेला राखेको हुन् ।

कांग्रेस केन्द्रीय सदस्यसमेत रहेका नेता कोइरालाले राष्ट्रिय सभाका उम्मेदवार कृष्णप्रसाद सिटौलासहित निर्वाचनका मतदाता प्रदेश सभाका सदस्य र स्थानीय तहका जनप्रतिनिधि बोलाएका थिए ।

कोइराला निवासमा कांग्रेस महामन्त्री गगन थापा, नेता मिनेन्द्र रिजाल, रामहरी खतिवडा, मीनबहादुर विश्वकर्मालगायत केन्द्रिय नेता सहभागी थिए । गठबन्धन दलका केही नेता पनि पुगेका थिए ।

कोइरालाले निर्वाचनमा कांग्रेस एक भएको सन्देश दिन भेला राखेका हुन् ।

नेकपा एमाले र राप्रपाले एमाले महासचिव शंकर पोखरेलको उपस्थितिमा ह्यारिसनमा भेला राखेका हुन् ।

निर्वाचन आचारसंहिता लागेको बेला उम्मेदवार र मतदाता सहभागी गराएर कुनै पनि भेला, भोजभतेर र कार्यक्रम गर्न नपाउने निर्वाचन आचारंसहिता छ । तर दुवै गठबन्धनले आचारसंहिता उल्लङ्घन गरेर भेला राखेका हुन् ।

बिहीबार राष्ट्रिय सभाका लागि कोशीमा दुई सिटमा निर्वाचन हुँदैछ । अन्यतर्फ कांग्रेसका कृष्णप्रसाद सिटौला र राप्रपाका उद्धव पौडेल उम्मेदवार छन् । महिलातर्फ माओवादीका चम्पादेवी कार्की र एमालेका रुक्मिणी कोइराला उम्मेदवार छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?