+
+

विकाश र शेरको उत्कृष्ट बलिङमा कोशी १२३ रनमा अल आउट

अनलाइनखबर अनलाइनखबर
२०८० माघ १० गते १२:०२

१० माघ,  काठमाडौं । युवा तीव्र गतिका बलर विकाश आग्री र स्पिनर शेर मल्लले उत्कृष्ट बलिङ गरेपछि कोशी प्रदेशले प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा सुदूरपश्चिम प्रदेशलाई १२४ रनको सामान्य लक्ष्य दिएको छ ।

त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको कोशी ३२ ओभरमा १२३ रनमा अल आउट भयो । कोशीका मिनाष थापाले ३७ बलमा ५ चौकासहित सर्वाधिक २६ रन बनाए ।

कप्तान अंकित सुवेदी २७ बलमा ३ चौकासहित २२ रन बनाए । ओपनर समिर कार्की ४ रनमै रन आउट भएका थिए ।

दोस्रो विकेटका लागि अंकित र मिनाषले ३६ रनको साझेदारी गर्दा ६०–१ को अवस्थामा थियो ।

आग्रीको बलमा मिनाष गल्लीमा खराब सट खेल्दै आउट भएपछि लगातार विकेट गुमाएको थियो ।

सुजन थपलिया ३ र सोनु अन्सारी ९ रनमा आउट भए । शीर्ष चार विकेट विकाशले लिएका थिए । त्यसपछि शेर मल्लले कोशीको मध्यक्रम ध्वस्त पारे । सुभन गहतराज ५ र फिर्दो अन्सारी १३ रनमा मल्लको बलमा बोल्ड आउट भए ।

त्यसपछि मल्लले भुपाल लुइँटेल १ र अभ्यास तिमिशिना ५ रनमा मल्लको बलमै बोल्ड भएका थिए ।

कमल खत्री ८ बलमा ३ छक्कासहित १८ रनमा क्याच आउट भए । सुदूरका शेर मल्लले ६ ओभरमा १ मेडनसहित २८ रन खर्चेर ५ विकेट लिए । विकाश आग्रीले ७ ओभरमा १ मेडनसहित ९ रन खर्चेर ४ विकेट लिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?