+
+

प्रधानमन्त्री कपमा खेलाडीको म्याच फि ५ सय

अनलाइनखबर अनलाइनखबर
२०८० माघ १९ गते १२:२४
प्रतियोगितामा अपराजित रहेका नेपाल पुलिसका खेलाडी ।

१९ माघ, काठमाडौं । नेपालको एक्लो राष्ट्रिय क्रिकेट प्रतियोगिता प्रधानमन्त्री कप एकदिवसीयमा खेलाडीको प्रत्येक खेलको म्याच फि मात्रै ५०० रुपैयाँ छ ।

गत वर्ष १ हजार ५०० म्याच फि भए पनि यस पटक नेपाल क्रिकेट संघ (क्यान) ले ५०० रुपैयाँमा झारेको छ । जसको कारण खेलाडीहरु म्याच फिबाट खुसी देखिएका छैनन् ।

९ खेल खेलेर खेलाडीले कुल ४ हजार ५०० रुपैयाँ पाउने छन् । फाइनल खेल्ने नेपाल पुलिस क्लब र त्रिभुवन आर्मीका खेलाडीले थप पाँच सय गरि कुल ५ हजार पाउनेछन् ।

‘हामीले राउन्ड रोविनमा खेलहरु धेरै गर्‍यौं । त्यसैको कारण घटाएका हौं,’ क्यानका कोषाध्यक्ष पदम खड्काले अनलाइनखबरसँग भने ।

१ हजार ५०० रुपैयाँनै यथावत राख्न सकिने थिएन र भन्ने प्रश्नमा उनले भने, ‘खास गर्ने खेलको लागि हो । पैसाको लागि होइन । खाना बस्न खर्च पनि बढ्छ । खेल कम गराएर १ हजार ५०० को ठाउँमा ३ हजार दिएको भए खेलको विकास हुने थिएन ।’

प्रधानमन्त्री कप २०१७ देखि सुरु भएको हो । राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आर्थिक अनुदानले क्यानले आयोजना गर्दै आएको छ ।

यस पटक राखेपले प्रधानमन्त्री कपको लागि ५० लाख रुपैयाँ छुट्टाएको छ । खड्काका अुनसार प्रतियोगिता आयोजना गर्न क्यानले २ करोड ५० लाख रुपैयाँ खर्च हुने अनुमान गरेको छ ।

राखेप बाहेक अन्य रकम क्यानले प्रायोजनबाट पूर्ति गर्नेछ । यसअघिका पाँच संस्करण १० टोलीलाई दुई समूहमा विभाजन गरेर सम्पन्न भएको थियो । तर यस पटकदेखि क्यानले राउन्ड रोविनको आधारमा आयोजना गरेको छ ।

लिगमा सबै टोलीले समान ९ खेल खेलपछि पुलिस र आर्मीले शनिबार फाइनल खेल्ने भएका छन् । पुलिस अपराजित रहँदै १८ अंक र आर्मी १४ अंकका साथ दोस्रो स्थानमा रहँदै फाइनलमा भिड्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?