+
+

आकाशले लिए एकै ओभरमा दुवै ओपनरको विकेट

अनलाइनखबर अनलाइनखबर
२०८० माघ १० गते १९:३७

१० माघ, काठमाडौं । नेपालका तीव्र गतिका बलर आकाश चन्दले आईसीसी यू-१९ विश्वकप २०२४ मा पाकिस्तानका दुवै ओपनरको विकेट एकै ओभरमा लिएका छन् ।

आकाश चन्दको २२ औं ओभरको दोस्रो बलमा ओपनर शम्याल हुसेन उत्तमथापा मगरबाट ३७ रनमा क्याच आउट भए । बाउन्सर बलमा उनी टप एज लागेर क्याच आउट भएका थिए । उनले ५९ बलमा ४ चौका र १ छक्का प्रहार गरे ।

चौथो बलमा शाहजैब खान ३७ रनमा आउट भए । सट बलमा आकाश त्रिपाठीबाट क्याच आउट भएका हुन् । उनले ७० बलमा ३ चौका र १ छक्का प्रहार गरे ।

एकै ओभरमा दुई विकेट लिएपछि नेपाल खेलमा फर्किन सक्ने संकेत देखाएको छ ।

त्यसअघि बफेलो पार्कमा टस जितेर पहिला ब्याटिङ रोजेको नेपालले निर्धारित ५० ओभरमा सबै विकेट गुमाएर १९७ रन बनाएको थियो ।

नेपालका लागि ओपनर विपिन रावलले ६८ बलमा ४ चौका र १ छक्कासहित सर्वाधिक ३९ रन बनाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?