+
+

जनकपुरबाट आजपाका २३ कार्यकर्ता पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८० माघ ११ गते १०:२०
बन्द गराउन भन्दै सडकमा प्रदर्शनमा उत्रिएका आजपाका नेता–कार्यकर्ताहरु ।

११ माघ, जनकपुरधाम । बन्द गराउँदै हिँड्ने प्रभु साह नेतृत्वको आम जनता पार्टी (आजपा)का २३ जना नेता-कार्यकर्तालाई जनकपुरबाट प्रहरीले पक्राउ गरेको छ ।

जनकपुरको रामानन्दचोकबाट २३ जना नेता-कार्यकर्तालाई पक्राउ गरेको धनुषाका प्रहरी प्रवक्ता डिएसपी रञ्जन अवाले जानकारी दिए ।

आज बिहान आजपाका नेता कार्यकर्ताले प्रदर्शन गर्दै यातायात बन्द गराउँदै हिँडेपछि उनीहरुलाई पक्राउ गरेको डिएसपी अवाले बताए । उनीहरुलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको छ ।

राष्टिय सभा निर्वाचनलाई लक्षित गरी आजपाले आज मधेश बन्द आह्वान गरेको छ। बैंकहरुले लिएको मनोमानी ब्याज फिर्ता हुनुपर्ने, लघुवित्त र सहकारीबाट लिएको कर्जा माफी हुनुपर्ने र सर्वसाधारणलाई सहज कर्जा प्रवाह हुनुपर्ने लगायतका माग गर्दै आजपाले आज एक दिन मधेश बन्द घोषणा गरेको हो ।

यधपी आजपको बन्दको आंशिक प्रभाव मात्र परेको छ । राष्टिय सभा निर्वाचनको मतदान जारी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?