+
+

घोराहीमा यातायातको सेवा कार्यालय खोल्न पहल गर्छु : मन्त्री थापा

अनलाइनखबर अनलाइनखबर
२०८० माघ ११ गते १३:५५

११ माघ, दाङ । लुम्बिनी प्रदेशका उद्योग तथा यातायात व्यवस्था मन्त्री सरोज थापा (रोज राणा) ले दाङको घोराहीमा यातायात व्यवस्था कार्यालयको सेवा कार्यालय स्थापना गर्न पहल गर्ने बताएका छन् ।

‘घोराही बनाऔं’ अभियानले विहीबार आयोजना गरेको भेटघाट कार्यक्रममा उनले उद्योग तथा यातायात क्षेत्रका विकृतिलाई अन्त्य गर्न र सर्वसाधारणलाई सहज रुपमा सेवा प्रवाह गर्न आफू क्रियाशील रहेको भन्दै यातायातको सेवा कार्यालय घोराहीमा स्थापना गर्न पहल गर्ने बताएका हुन् ।

‘यातायात क्षेत्रको व्यापक सुधारका लागि म क्रियाशिल छु, सर्वसाधारणलाई सहज सेवा दिने सवालमा मैले सक्दो काम गर्नेछु’ मन्त्री थापाले भने, ‘म घोराहीमा यातायातको सेवा कार्यालय खोल्ने सवालमा सम्बन्धित अन्य पक्षहरुसँग आजैबाट छलफल सुरु गर्छु ।’

घोराही बनाऔं अभियानका अभियन्ताहरुलाई आफ्नो मन्त्रालयसँग सम्बन्धित कुनै योजना भए प्रस्ताव ल्याउन आग्रह गरे । ती प्रस्तावहरुमा मन्त्रालयका कर्मचारीहरुसँग बसेर छलफल गरी आवश्यक निर्णय लिने उनको भनाइ थियो ।

कार्यक्रममा ‘घोराही बनाऔं’ अभियानका संयोजक सविन प्रियासनले आइतबार प्रदेश मन्त्रालयमा पुगेर मन्त्री तथा कर्मचारीहरुसँग छलफल गर्ने बताए ।

हाल यातायात सेवासँग सम्बन्धित कामका लागि तुलसीपुर पुग्नुपर्ने बाध्यता छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?