+
+
Shares

बारामा भ्यानको ठक्करबाट स्कुटर चालकको मृत्यु, श्रीमती घाइते

अनलाइनखबर अनलाइनखबर
२०८३ मंसिर ३ गते १७:००

News Summary

Generated by OK AI. Editorially reviewed.
  • बाराको जितपुर सिमरा उपमहानगरपालिका–२२ स्थित ४ नम्बर पुलमा ईभी भ्यानले ठक्कर दिँदा स्कुटर चालक सिन्धुलीका ६० वर्षीय निरबहादुर वाइबाको मृत्यु भएको छ ।
  • दुर्घटनामा स्कुटरको पछाडि सवार वाइबाकी ५६ वर्षीया श्रीमती माइलीमाया तामाङ घाइते भएकी छन् र हेटौंडा अस्पतालमा उपचार भइरहेको छ ।
  • पूर्व–पश्चिम राजमार्गमा वीरगन्जबाट काठमाडौं जाँदै गरेको ईभीले विपरीत दिशाबाट आएको स्कुटरलाई ठक्कर दिएपछि चालक रमेश प्रसाईंलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

३ मंसिर, हेटौंडा । बाराको जितपुर सिमरा उपमहानगरपालिका–२२ स्थित ४ नम्बर पुलमा ईभी भ्यानले ठक्कर दिँदा स्कुटर चालकको मृत्यु भएको छ ।

स्कुटरमा पछाडि सवार चालकको श्रीमती घाइते भएकी छन् ।

पूर्व–पश्चिम राजमार्गमा आज बिहीबार वीरगन्जबाट काठमाडौं जाँदै गरेको बा. ०१–००६ ख ९८३६ नम्बरको ईभीले विपरीत दिशाबाट आउँदै गरेको बा. ०२–०३७ प ८५९८ नम्बरको स्कुटरलाई ठक्कर दिएको हो ।

दुर्घटनामा स्कुटर चालक सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका–५ बस्ने ६० वर्षीय निरबहादुर वाइबाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराले जानकारी दिएको छ ।

शरीरका विभिन्न भागमा चोट लागेर गम्भीर घाइते भएका वाइबालाई उपचारका लागि परवानीपुरस्थित एलएस न्युरो अस्पताल लगिएकोमा ईसीजी परीक्षणपछि चिकित्सकले उनलाई मृत घोषणा गरेको बारा प्रहरीले जनाएको छ ।

स्कुटरको पछाडि सवार उनकी ५६ वर्षीया श्रीमती माइलीमाया तामाङ घाइते भएकी छन् । उनको टाउको, हात, खुट्टा र ढाडमा चोट लागेको छ ।

उनको मकवानपुरस्थित हेटौंडा अस्पतालमा उपचार भइरहेको छ । ईभी चालक झापाको बिर्तामोड नगरपालिका–५ पाथीभरा घर भएका ५० वर्षीय रमेश प्रसाईंलाई इलाका प्रहरी कार्यालय अमलेखगञ्जले नियन्त्रणमा लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?