News Summary
Generated by OK AI. Editorially reviewed.- चितवनको भरतपुर महानगरपालिका–१६ फुर्तीचोकमा कारको ठक्करबाट ३० वर्षीया पार्बती भुजेलको भरतपुर सरकारी अस्पतालमा मृत्यु भएको छ।
- सोही दुर्घटनामा घाइते भएका अन्य २ जना पैदलयात्रीको सोही अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
- दुर्घटनामा संलग्न चालकलाई नियन्त्रणमा लिएर प्रहरीले अनुसन्धान गरिरहेको छ।
२७ कात्तिक, चितवन । चितवनमा कारको ठक्करबाट एक जना पैदलयात्रीको निधन भएको छ ।
भरतपुर महानगरपालिका–१६ फुर्तीचोकस्थित सडकमा फुर्तीचोकबाट नविन चोकतर्फ जाँदै गरेको बा.प्र.०१–०३४ च ९२२१ नम्बरको ईभीले सोही महानगरपालिका–१५ बस्ने ३० वर्षीया पार्बती भुजेललाई ठक्कर दिएको थियो ।
ठक्करबाट गम्भीर घाइते भएकी उनको भरतपुर सरकारी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षले जनाएको छ ।
साथै, कारको ठक्करबाट घाइते भएका अन्य २ जना पैदलयात्रीहरूको सोही अस्पतालमा उपचार भइरहेको छ ।
चालकलाई नियन्त्रणमा लिई दुर्घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4