+
+

कर्णालीबाट राष्ट्रियसभामा सत्ता गठबन्धनका तीनैजना उम्मेदवार निर्वाचित

अनलाइनखबर अनलाइनखबर
२०८० माघ ११ गते १७:५९

११ माघ, सुर्खेत । राष्ट्रियसभा निर्वाचनमा कर्णाली प्रदेश्बाट सत्ता गठबन्धनका तीनै जना उम्मेदवार निर्वाचित भएका छन् ।

महिलातर्फ नेकपा एकीकृत समाजवादीकी सावित्री मल्ल (दैलेख) ले ३ हजार ७२२ मत भार प्राप्त गरी विजयी भइन् । उनकी प्रतिस्पर्धी नेकपा एमालेकी विमलाकुमारी शाहीले १ हजार ३६२ मतभार प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

सहायक निर्वाचन अधिकृत उज्ज्वल रावलका अनुसार दलिततर्फ नेकपा माओवादीका विष्णु विक ‘विकल्प’ (कालीकोट) निर्वाचित भएका छन् । विकले ३ हजार ८१७ मत ल्याएर विजयी हुँदा नेकपा एमालेका हिक्मत विकले १ हजार २६७ मत प्राप्त गरेका छन् ।

अन्य तर्फ नेपाली कांग्रेसका कृष्णबहादुर रोकाया निर्वाचित भएका छन् । रुकुम पश्चिमका रोकायाले नेकपा एमालेका डिल्लीप्रसाद भट्टलाई पराजित गरेका हुन् । रोकायाले ३ हजार ८७० मत भार ल्याएर विजयी हुँदा एमालेका भट्टले १ हजार २१४ मतभार प्राप्त गरेका छन् । स्थानीय तह तर्फ गठबन्धनका एक एकजनाले फ्लोर क्रस गरेर एमालेका उम्मेदवारलाई मतदान गरेका छन् ।

७९ स्थानीय तह रहेको कर्णालीमा स्थानीय तहतर्फ २५ नगरपालिका र ५४ गाउँपालिकाका प्रमुख र उप्रमुख गरी १५८ जना मतदाता रहेका छन् ।

जसमध्ये महाबु गाउँपालिका दैलेखका प्रमुख लक्ष्मण गुरुङ्ग र नलगाड नगरपालिका जाजरकोटकी उपप्रमुख सरिता सिंहको मृत्यु भएपछि १५६ जनाले मतदाता कायम भएका थिए ।

प्रदेश सभातर्फ ४० जना सदस्य छन् । जसको मतभार २ हजार १२० मतभार हुन आउँछ । स्थानीय तह र प्रदेश सभा सदस्यको गरी कर्णालीमा जम्मा पाँच हजार ८४ मतभार हुन आउँछ ।

प्रदेश सभाका सदस्यको प्रति मतदाता मतभार ५३ र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखको प्रति मतदाता मतभार १९ रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?