+
+

उत्कृष्ट सुरुवातका बाबजुद कर्णालीले पुलिसलाई दियो १७२ रनको मध्यम लक्ष्य

अनलाइनखबर अनलाइनखबर
२०८० माघ १२ गते १२:१६

१२ माघ,  काठमाडौं । उत्कृष्ट सुरुवात पाएपनि मध्यक्रम र तल्लोक्रमका ब्याटरको कमजोर प्रदर्शनमा कर्णाली प्रदेशले प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगिता नेपाल पुलिस क्लबलाई १७२ रनको मध्यम लक्ष्य दिएको छ ।

त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको कर्णाली ४२.५ ओभरमा १७१ रनमा अल आउट भयो । कर्णलीका निश्चल रावलले १०७ बलमा ६ चौकासहित सर्वाधिक ५० रन बनाए ।

कप्तान रविन्द्रजंग शाहीले ३५ बलमा ८ चौका र १ छक्कासहित ४० रनमा आउट भए । पुलिसलाई ओपनर रविन्द्र र निश्चलले ११.३ ओभरमा ६३ रनको साझेदारी गर्दै उत्कृष्ट सुरुवात दिलाएका थिए ।

रविन्द्रलाई स्पिनर सागर ढकालले एलबीडब्लू आउट गरे । त्यसपछि पुलिसका स्पिनरले लगातार विकेट लिदै खेलमा फर्काएका थिए ।

विपिन शाही ४, हिशान्शु शाही ८, अनुज घर्ती २३, प्रकाश जैसी ५, दीपेन्द्र रावत र दीनेश अधिकारी ३–३ रनमा आउट भए । दिवान पुनले ५ बलमा ३ छक्कासहित २० रनमा आउट भए ।

पुलिसका सागर ढकालले ९.५ ओभरमा ४८ रन खर्चेर ३ विकेट लिए । ललित भण्डारीले ५ ओभरमा १ मेडनसहित ३१ रन खर्चेर २, दीपेन्द्रसिंह ऐरी, ललित राजवंशी र कुशल भुर्तेलले १–१ विकेट लिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?