+
+

मानसिक अवस्था कमजोर भएकी युवती बलात्कार, एक जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८० माघ १२ गते १५:२१

१२ माघ, विराटनगर ।  मोरङको केराबारीमा मानसिक अवस्था कमजोर भएकी युवतीलाई जवरजस्ती करणी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

बिहीबार बेलुकी १८ वर्षीय युवतीलाई करणी गरेको आरोपमा लगतै प्रहरीले लेटाङ नगरपालिका–१ भोगटेनीका २७ वर्षीय कुलबहादुर विश्वकर्मालाई पक्राउ गरेको हो ।

मानसिक अवस्था ठीक नभएकी १८ वर्षीया युवतीलाई केराबारी गाउँपालिका–९ स्थित केराघारीमा लगेर विश्वकर्माले बलात्कार गरेको प्रहरीको आरोप छ ।

मोरङ प्रहरीका प्रवक्ता डीएसपी रञ्जनकुमार दाहालका अनुसार घटना बिहीबार बेलुकी साढे ६ बजेतिरको हो ।

ललाइफकाइ केराघारीमा लगेर युवतीलाई बलात्कार गरेको जानकारी आएपछि उनलाई पक्राउ गरेर अनुसन्धान थालेको डीएसपी दाहालले बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?