+
+

रविले सचिवालयमा हेरफेर गर्दै, पाँच सदस्यीय टीम बनाउँदै

अनलाइनखबर अनलाइनखबर
२०८० माघ १२ गते १८:४४

१२ माघ, काठमाडौं । रास्वपाका सभापति रवि लामिछानेले आफ्नो सचिवालयको सदस्यमा हेरफेर गर्न लागेका छन् ।

सचिवालय हेरफेर गर्ने भएसँगै स्वकीय सचिव प्रकाश सिग्देलले पारिवारिक काममा केही समय व्यस्त रहने जानकारी गराएका छन् । सिग्देलले सामाजिक सञ्जाल मार्फत पारिवारिक काममा व्यस्त रहने जानकारी गराएका हुन् ।

सिग्देलको जिम्मेवारी परिवर्तन भएको सह-प्रवक्ता प्रतिभा रावलले जानकारी गराइन् । रावलको अनुसार सिग्देललाई चितवन केन्द्रीत हुने गरि जिम्मेवारी दिइएको छ ।

‘उहाँले राजीनामा दिनुभएको होइन । जिम्मेवारी हेरफेर भएको हो,’ रावलले भनिन्,‘प्रकाश जी, अब चितवन सचिवालयमा रहेर काम गर्नुहुन्छ ।’

रास्वपा स्रोतका अनुसार सभापति लामिछानेले पाँच सदस्यीय सचिवालय बनाउने तयारी गरिरहेका छन् । ‘सभापतिको काममा सहयोग गर्ने गरी जिम्मेवारी स्वकीय सचिव एक मात्रै हुनुहन्थ्यो । अब जिम्मेवारी नै तोकेर पाँच जना नियुक्त गर्ने तयारी छ,’ रास्वपा स्रोतले भन्यो ।

पाँच जना मध्ये एक जनामा पूर्व पत्रकार प्रमोद न्यौपाने निश्चित जस्तै छन् । अरु ४ जना टुंगो लाग्न भने बाँकी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?