+
+

नेपालको इनिङ्स सम्हाल्दै देव र आकाश

अनलाइनखबर अनलाइनखबर
२०८० माघ १२ गते १८:५३
देव खनाल ।

१२ माघ, काठमाडौं । नेपालका कप्तान देव खनाल र आकाश त्रिपाठीले आइसीसी यू-१९ विश्वकपमा अफगानिस्तानविरुद्ध टोलीको इनिङ सम्हालेका छन् ।

जितको लागि १४६ रनको मध्यम विजयी लक्ष्य पछ्याएको नेपालले १९ ओभरमा ३ विकेट गुमाउँदै ६२ रन बनाएको छ ।

देव खनाल ४२ बलमा ४ चौकासहित २९ तथा आकाश त्रिपाठी २८ बलमा १ चौकासहित ११ रनमा नट आउट छन् । चौथो विकेटका लागि देव र आकाशले ३८ रनको साझेदारी गरेका छन् ।

नेपालको सुरुवात भने राम्रो हुन सकेन । तीव्र गतिका बलर फरिदुनले पाँचौं ओभरको दोस्रो अर्जुन कुमाललाई १० रनमा बोल्ड आउट गरेका थिए ।

खलिल अहमदको बलमा गुल्शन झा १२ बलमा १ रन बनाउँदै बोल्ड हुन पुगे ।

नवौं ओभरको पहिलो बलमा खलिल अहमदले ओपनर विपिन रावललाई योर्करमा २ रनमा एलबीडब्लू आउट गरेपछि नेपाल ८.१ ओभरमा २४–३ को अवस्थामा पुगेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?