+
+
यू–१९ विश्वकप :

टुट्यो देव र आकाशको साझेदारी

अनलाइनखबर अनलाइनखबर
२०८० माघ १२ गते १९:१०

१२ माघ, काठमाडौं । आईसीसी यू–१९ विश्वकपमा अफगानिस्तानविरुद्ध नेपालका कप्तान देव खनाल र आकाश त्रिपाठीबीचको चौथो विकेटको साझेदारी तोडिएको छ ।

स्पिनर नासिर खानले त्रिपाठीलाई १६ रनमा अली अहमदबाट क्याच गराउँदै साझेदारी तोडेका हुन् । त्रिपाठीले ३९ बलमा १ चौका प्रहार गरे ।

खराब सुरुवात गरेको नेपालको इनिङ सम्हाल्न चौथो विकेटका लागि देव र आकाशले ९० बलमा ४९ रनको साझेदारी गरेका थिए ।

जितको लागि १४६ रनको मध्यम विजयी लक्ष्य पछ्याएको नेपालले २४ ओभरमा ४ विकेट गुमाउँदै ७५ रन बनाएको छ ।

देव खनाल ५८ बलमा ५ चौकासहित ३६ र दीपक डुम्रे १ रनमा क्रिजमा छन् ।

नेपालको सुरुवात भने राम्रो हुन सकेन । तीव्र गतिका बलर फरिदुनले पाँचौं ओभरको दोस्रो अर्जुन कुमाललाई १० रनमा बोल्ड आउट गरेका थिए ।

खलिल अहमदको बलमा गुलशन झा १२ बलमा १ रन बनाउँदै बोल्ड हुन पुगे ।

नवौं ओभरको पहिलो बलमा खलिल अहमदले ओपनर विपिन रावललाई योर्करमा २ रनमा एलबीडब्लू आउट गरेपछि नेपाल ८.१ ओभरमा २४–३ को अवस्थामा पुगेको थियो । त्यसपछि देव र आकाशको साझेदारीमा नेपाल सम्हाल्लिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?