+
+

काठमाडौंमा ओटाकु जात्राको रौनक, तन्नेरीको ‘एनिमे क्रेज’ (तस्वीर)

अनलाइनखबर अनलाइनखबर
२०८० माघ १३ गते २०:५९

काठमाडौं । आफूलाई मनपर्ने जापानी, दक्षिण कोरियाली र चिनियाँ फिल्म, सिरिज र गेमिङका पात्रको भेषभुषा र आवरणमा सजिएर नेपाली तन्नेरीले शनिबार ओटाकु जात्रा मनाएका छन् ।

शनिबार आयोजित भव्य जात्रामा चार हजारभन्दा बढी तन्नेरीले सहभागिता जनाए । विभिन्न पात्रको गेटअपमा सजिएर चारसयले कसप्ले प्रस्तुत गरेको आयोजकले जानकारी दिएको छ । कसप्लेमा सजिएका उनीहरुले सांगीतिक र नृत्य प्रस्तुत पनि दिए ।

नयाँपुस्तामा के-पप, जापानी एनिमे फिल्म र गेमिङको बढ्दो क्रेजलाई ध्यानमा राख्दै आयोजित ओटाकु जात्राको यो सातौं संस्करण हो । रोहित श्रेष्ठ, स्नेहल थापाजस्ता उत्साही युवाले ओटाकु जात्रा आयोजना गर्दै आइरहेका छन् ।

‘हामी अहिलेको पुस्तामा बढ्दो एनिमे, कमिक, गेम्स र पप कल्चरलाई सेलिब्रेसन गर्न चाहन्छौं’ आयोजकमध्येका रोहितले भने, ‘यसपटकदेखि हामीले एनिमे स्क्रिनिङ, इ–स्पोर्ट्सलाई पनि व्यवस्थित तरिकाले गरिरहेका छौं । हामीले अहिलेको युथलाई मनपर्ने क्यारेक्टर प्रदर्शन गर्न मिल्ने प्लाटफर्मको रुपमा यसलाई विकास गरिरहेका छौं ।’

सिर्जनात्मक क्यारेक्टर कसप्लेलाई पुरस्कृत समेत गरिएको छ । विजेताले एकलाख राशीको पुरस्कार पाएका छन् । अर्का आयोजक स्नेहलले पनि पछिल्लो समय नेपाली युवापुस्तामा देखिएको क्रेजलाई आफूहरुले आत्मसात गर्न खोजेको बताए ।

‘मार्वल र डीसीसँगै एनिमे फिल्मको पनि क्रेज देखिएको छ’ उनले भने । केही महिनाअघि धरानमा समेत जात्रा कार्यक्रम आयोजना गरिएको थियो । काठमाडौं उपत्यकाभन्दा बाहिर पनि जात्रालाई विस्तार गर्न खोजिएको उनले बताए ।

तस्वीरहरु : विष्णु शर्मा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?