+
+

सुन तोलामा १ हजार बढ्यो, चाँदीको मूल्य हालसम्मकै उच्च

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ २ गते ११:२१

२ जेठ, काठमाडौं ।  बुधबार सुनको भाउ तोलामा १ हजार रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले बुधबारका लागि सुनको भाउ तोलामा १ लाख ३८ हजार ४ सय रुपैयाँ तय गरेको छ ।

अघिल्लो दिन प्रतितोला १ लाख ३७ हजार ४ सय रुपैयाँमा सुन कारोबार भएको थियो । सुनको भाउ यसअघि वैशाख ९ गते हालसम्मकै उच्च प्रतितोला १ लाख ३९ हजार ३ सय रुपैयाँ पुगेको थियो ।

चाँदीको मूल्यमा भने नयाँ रेकर्ड बनेको छ । यसअघि वैशाख ९ गते र हिजो प्रतितोला १ हजार ७४० रुपैयाँको उच्च रेकर्ड बनाएको चाँदी आज १ हजार ७४५ रुपैयाँ कायम भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?