+
+

एसियन लाइफ इन्स्योरेन्सको लाभांश घोषणा

अनलाइनखबर अनलाइनखबर
२०८० माघ १४ गते ११:२९

१४ माघ, काठमाडौं । एसियन लाइफ इन्स्योरेन्सले सेयरधनीका लागि लाभांश घोषणा गरेको छ । कम्पनीको १८८ औं सञ्चालक समिति बैठकले गत आर्थिक वर्ष २०७९/८० सम्मको सञ्चित नाफाबाट ७.७५ प्रतिशत बोनस सेयर दिने निर्णय गरेको हो ।

साथै सो को कर प्रयोजनार्थ नगदसहित कुल २५ करोड ७४ लाख रुपैयाँ बराबरको लाभांश दिने निर्णय बैठकले गरेको हो । सो लाभांश बीमा प्राधिकरणबाट स्वीकृत भएपश्चात साधारणसभाबाट पारित भई लगानीकर्ताले पाउने छन् । कम्पनीले गत आर्थिक वर्षमा ८.५० प्रतिशत बोनस सेयर र सोमा कर प्रयोजनार्थ ०.४५ प्रतिशत नगद लाभांश दिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?