+
+

बोनसपछि हिमालयन रि र एसियन लाइफको मूल्य समायोजन

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन ७ गते ९:१०

७ फागुन, काठमाडौं । हिमालयन रिइन्स्योरेन्स र एसियन लाइफ इन्स्योरेन्स कम्पनीको मूल्य समायोजन भएको छ । दुबै कम्पनीले घोषणा गरेको बोनस सेयरको अनुपातमा मूल्य समायोजन भएको हो ।

नेप्सेका अनुसार हिमालयन रिइन्स्योरेन्सको समायोजित मूल्य ६२० रुपैयाँ २९ पैसा छ । मंगलबार यहीं मूल्यको आधारमा कारोबार खुल्नेछ । अघिल्लो दिन कारोबार बन्द हुँदा प्रतिकित्ता ६४५ रुपैयाँ १० पैसा मूल्य तय भएकोमा ४ प्रतिशत बोनस सेयर समायोजनपछि नयाँ मूल्य तय भएको हो । फागुन २० गते कम्पनीको साधारणसभा बस्दैछ ।

त्यस्तै एसियन लाइफ इन्स्योरेन्सको नयाँ मूल्य प्रतिकित्ता ६१६ रुपैयाँ ८० पैसा तय भएको छ । मंगलबार यहीं मूल्यका आधारमा कम्पनीको कारोबार हुनेछ । अघिल्लो दिन कारोबार बन्द हुँदा कम्पनीको मूल्य प्रतिकित्ता ६६४ रुपैयाँ ६० पैसा तय भएकोमा ७.७५ प्रतिशत बोनस सेयर पश्चात मूल्य समायोजन भएको हो ।  फागुन १८ गते कम्पनीको साधारणसभा बस्दैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?