+
+

एसियन लाइफको बोनस सेयर घोषणा, बोनसपछि ४२ प्रतिशत हकप्रद जारी गर्ने

अनलाइनखबर अनलाइनखबर
२०८० माघ २१ गते ११:२३

२१ माघ, काठमाडौं । एसियन लाइफ इन्स्योरेन्सले सेयरधनीका लागि बोनस सेयर घोषणा गरेको छ । कम्पनीको १८९ औं सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षसम्मको सञ्चित नाफाबाट चुक्ता पूँजीको ७.७५ प्रतिशत बोनस सेयर र सोको कर प्रयोजनका लागि ०. ४० प्रतिशत नगद लाभांश घोषणा गरेको हो ।

कम्पनीले घोषित बोनस सेयरपछि चुक्ता पूँजी ३ अर्ब ३९ करोड ९८ लाख रुपैयाँ पुग्ने जनाएको छ । सो बोनस सेयरपश्चात ४२ प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने कम्पनीले स्पष्ट पारेको छ ।

जीवन बीमा कम्पनीहरुले ५ अर्ब रुपैयाँ चुक्ता पूँजी पुर्‍याउनुपर्ने व्यवस्था छ । सोही व्यवस्थाअनुरुप एसियन लाइफले ४२ प्रतिशत हकप्रद जारी गरेर जुटाउने जनाएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?