
News Summary
Generated by OK AI. Editorially reviewed.- राष्ट्रिय अनुसन्धान विभागका प्रमुख हुतराज थापाले २८ भदौ राति १२ बजे अनिवार्य अवकाश पाउनेछन्।
- थापाको अवकाशपछि मुख्य अनुसन्धान निर्देशक पद रिक्त हुनेछ।
- प्रधानमन्त्री नियुक्त नभएको अवस्थामा गुप्तचर प्रमुखको रिक्तताले सूचना संयन्त्रमा अन्योल बढ्ने सुरक्षा जानकारहरू बताउँछन्।
२७ भदौ, काठमाडौं । देशको एकमात्रै गुप्तचरी निकाय राष्ट्रिय अनुसन्धान विभाग (राअवि) का प्रमुख तथा मुख्य अनुसन्धान निर्देशक हुतराज थापाले भोलि २८ भदौको राति १२ बजेबाट अनिवार्य अवकाश पाउँछैन् ।
आफ्नो तीन वर्षे कार्यकाल पूरा गरेर थापा भोलि अवकाशमा जाने भएसँगै मुख्य अनुसन्धान निर्देशक पद रिक्त हुने भएको छ । जेनजीको आन्दोलनले उग्ररुप लिएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिएका थिए । यतिबेला देश शून्य अवस्थामा छ ।
अहिले सेनाले नै कर्फ्यू लगाउनेदेखि नेताहरूलाई सुरक्षा दिएर खान्ने मात्रै होइन प्रधानमन्त्री कसलाई बनाउने भन्नेमा पनि सैनिक मुख्यालय जंगी अड्डामा छलफल चलिरहेको छ ।
गुप्तचर प्रमुख मन्त्रिपरिषद्ले नियुक्त गर्नुपर्ने हुन्छ । भोलिसम्म प्रधानमन्त्री नियुक्त नभएको अवस्थामा के हुने भन्ने अन्योल कायम छ ।
यही समयमा गुप्तचर प्रमुख खाली हुँदा सूचना संयन्त्रमा थप अन्योल हुनसक्ने सुरक्षा मामलका जानकारहरू बताउँछन् ।
गुप्तचर प्रमुखका लागि मुख्यगरी दुई अतिरिक्त मुख्य निर्देशकबीच प्रतिस्पर्धा छ । जसमा पहिलो नम्बरमा ओम जोशी र टेकेन्द्र कार्की छन् । जोशी पहिलो वरियतामा रहेकाले अर्को व्यक्ति नियुक्ति नहुँदासम्म जोशीले नै कायम मुकायम भएर काम गर्ने सम्भावना छ ।
जोशी र कार्की दुवै २०५२ सालमा तत्कालीन नेपाल गुप्तचर विभागको इन्स्पेक्टरमा भर्ना भएका हुन् ।
प्रतिक्रिया 4