+
+
Shares

नेपालको जेनजी प्रदर्शनमा भएको हिंसाबारे रोहित सराफ : हिंसा जवाफ होइन

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ २७ गते १६:२२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • जेनजी आन्दोलनको क्रममा नेपालमा ३४ भन्दा धेरैको ज्यान गएको र संरचना ध्वस्त भएका छन्।
  • नेपालीमूल बलिउड अभिनेता रोहित सराफले हिंसा जवाफ नहुने र संवाद, करुणा र शान्तिको आशा गरेको उल्लेख गरेका छन्।
  • बलिउड अभिनेत्री मनीषा कोइरालाले शान्तिको अपिल गरेकी छन् भने प्रजक्ता कोलीले नेपाल भ्रमण स्थगित गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

काठमाडौं । जेनजी आन्दोलनको क्रममा नेपालमा जनधनको ठूलो क्षति भयो । ३४ भन्दा धेरैको ज्यान गैसकेको छ । संरचना ध्वस्त पारिएका छन् ।

यो समग्र घटनाक्रममा नेपालीमूलका चर्चित बलिउड अभिनेता तथा मोडल रोहित सराफले टिप्पणी गरेका छन् ।

इन्स्टाग्राम स्टोरीमार्फत रोहितले केही दिनअघि यतिबेला आफ्नो हृदय नेपालीको साथमा रहेको उल्लेख गर्दै निर्दोषको ज्यान लिएर लडाइ लड्न नहुने बताएका छन् ।

‘हिंसा कहिल्यै पनि जवाफ होइन । म संवाद, करुणा र शान्तिको आशा गर्छु’ उनले लेखेका छन् । अभिनेता सराफ मिसम्याच्ड, डियर जिन्दगी, द स्काइ इज पिंकजस्ता चर्चित फिल्मका लागि परिचित छन् ।

उनको आगामी फिल्म ‘सन्नी संस्कारीकी तुलसी कुमारी’ प्रदर्शन तयारीमा छ । रोहित काठमाडौंको मारवाडी परिवारमा जन्मिएका थिए । परिवारसँगै दिल्ली बसाइ सरेका उनी त्यतै हुर्किए ।

नेपाली अभिनेत्री मनीषा कोइरालाले पनि शान्तिको अपिल गरेकी छन् । नेपाल भ्रमणको योजनामा रहेकी बलिउड अभिनेत्री तथा चर्चित कन्टेन्ट क्रिएटर प्रजक्ता कोलीले भ्रमण स्थगित गरेको भारतीय संचारमाध्यमले जनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?