+
+

केही देशले नेपाल-चीन सम्बन्धमा भाँजो हाल्न चाहेका छन् : चिनियाँ नेता हाइयान

अनलाइनखबर अनलाइनखबर
२०८० माघ १४ गते ११:५६

१४ माघ, काठमाडौं । चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) अन्तर्राष्ट्रिय विभागकी उपमन्त्री सुन हाइयानले कतिपय देशले नेपाल र चीनको सम्बन्ध राम्रो देख्न नचाहेको बताएकी छन् ।

काठमाडौंमा राजनीतिक दलका नेताहरूसँग अन्तरक्रिया गर्दै हाइयानले दुई देशको राजनीतिक सम्बन्ध राम्रो भएको बताउँदै केहीले यस्तो देख्न नचाहेको बताएकी हुन् ।

‘हामी राजनीतिक दलहरूबीच राम्रो सम्बन्ध बनाउन चाहन्छौं’ उनले भनिन्, ‘किनभने केही देशहरु हाम्रो सम्बन्धमा भाँजो हाल्न चाहिरहेका छन् ‘

अहिले गुटहरू बनाउने, क्षेत्रीय द्वन्द्व बढाउने र गलत अफवाह फैलाउने काम भएको बताउँदै उनले त्यसलाई चिर्दै चीन र नेपालबीचको मित्रता अझ बलियो बनाउन जरुरी रहेको बताइन् ।

वर्तमान समयमा धेरै किसिमका सहमति र समझदारीले दुई देशको सम्बन्ध नयाँ उचाइमा पुगेको बताउँदै उनको भनाइ छ ।

उनले नेपालमा चिनियाँ पर्यटकहरू आइराखेको बताउँदै नेपालमा थप पूर्वाधार विकास आवश्यक रहेको बताइन् ।

नेपालमा नीतिगत सुधारको खाँचो रहेको उनले बताइन् । नीतिगत सुधार हुँदा धेरैभन्दा धेरै लगानी भित्र्याउन सकिने उनको सुझाव छ ।

नेपालमा परियोजना समयमा सम्पन्न गर्न ढिलाइ हुनुमा धेरै समस्या रहेको भन्दै उनले तिनलाई आपसी समझदारीमा सल्टाउनु पर्ने बताइन् ।

उनले नेपाल र चीनबीच सांस्कृतिक आदानप्रदान कार्यक्रम गर्नुपर्ने बताइन् । साथै,  नेपालको चाहना चिनियाँ छात्रवृत्ति धेरैभन्दा धेरै देओस् भन्ने रहेको र त्यसमा छलफल गर्ने उनले बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?